हेडसरका कथा : शिक्षा मार्फत समाजसेवा गर्ने सपना बोकेका “रुद्र कोइराला”

हेडसरका कथा : शिक्षा मार्फत समाजसेवा गर्ने सपना बोकेका  “रुद्र कोइराला”

कपन अनलाइन

काठमाण्डौ, चैत ७ ।

शिक्षण पेशालाई नै आफ्नो कर्मथलो बनाएर आफ्नो प्रतिभाको प्रस्फुटन गरी समाजमा स्थापित  हुन सफल एक व्यक्तित्व हुन् रुद्र कोइराला।

विक्रम सम्वत २०३२ साल असोज २१ गतेका दिन भोजपुर जिल्लाको केउरेनीपानी वडा नं ४ को सामान्य परिवारमा जन्मिएका उनले आफ्नो माध्यमिक तहको शिक्षा घर नजिकै रहेको भद्रपुर माध्यमिक विद्यालयबाट पूरा गरेका थिए । सो पश्चात उनी स्नातक तहको शिक्षा आर्जन गर्नका निमित्त खादबारीमा रहेको वरुण क्याम्पसमा भर्ना भएर  ‘आइ.ए’ तहको शिक्षा पूरा गर्न सफल भएका थिए।

आफ्नो शैक्षिक योग्यता अझ वृद्धि गर्नका निमित्त धनकुटामा रहेको धनकुटा बहुमुखी क्याम्पसबाट  ‘बीएड’ तहको शिक्षा उत्तीर्ण गरेका कोइरालाले महेन्द्र रत्न क्याम्पस ताहाचलबाट  ‘एम.एड’ तहको शिक्षा पूरा गरेका थिए।

यतिसम्मको शैक्षिक योग्यता हासिल गरिसके पश्चात  समाजसेवाको कार्यमा लाग्नुपर्छ भन्ने सोच बनाएका उनि शैक्षिक क्षेत्रमा लगेर समाजको सेवा गर्नुपर्छ भन्दै   विसं २०५९ सालबाट शैक्षिक क्षेत्रमा सक्रिय बनेका थिए।

उनले आफ्नो शैक्षिक जीवन यात्राको सुरुवात आफ्नै जन्मथलो भोजपुरमै रहेको श्री वीरेन्द्र माध्यमिक विद्यालय बाट सुरुवात गरेका थिए । केही वर्ष त्यही भोजपुरमै रहेको विभिन्न माध्यमिक विद्यालयहरूमा शैक्षिक सेवा प्रदान गर्ने कार्य गरे पश्चात उनले पुनः काठमाडौँ आए र यहाँका विभिन्न विद्यालयहरूमा शैक्षिक सेवा प्रदान गरेका थिए।

काठमाडौँ उपत्यकामा भएका विभिन्न विद्यालयहरूमा शैक्षिक सेवा प्रदान गर्ने क्रममा उनले विभिन्न नयाँ तथा नौलो अनुभवहरू बटुले जसबाट उनले के बुझे भने समाज विकासको एक प्रत्यक्ष तत्त्व भनेको शिक्षा हो।

यसक्रममा उनले मानिसहरूले शिक्षा प्राप्त गर्न सकेमा मात्र मानिसमा चेतनाको विकास हुन्छ र शिक्षा प्राप्त गरेर चेतनाको विकास भइसके पश्चात मात्र मानिसले समाज निर्माण गर्न सक्छ भन्ने कुरा  राम्ररी बुझेको बताए।

आफ्नो शैक्षिक जीवन यात्राको क्रममा कसरी विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गरी समाज विकासका कार्यमा अग्रसर गराउन सकिन्छ भन्ने कुरामा तल्लिन उनले आफ्नो  सीप र क्षमताको कारण उनले विभिन्न विद्यालयहरूबाट विभिन्न प्रकारका उपाधि तथा सम्मानहरू समेत पाएका छन।

यसैगरी विभिन्न विद्यालयहरूमा शैक्षिक सेवा प्रदान गर्ने क्रममा विसं २०६६ साल वैशाख १ गते उनी  ग्राम शिक्षा मन्दिर माध्यमिक विद्यालयमा आबद्ध हुन आइपुगेका थिए।

सो  विद्यालयमा नियमित शिक्षकको रूपमा आबद्ध हुन आइसके पश्चात उनि  बालबालिकाहरूको शैक्षिक क्षमता कसरी वृद्धि गर्ने भन्ने कुरामा विशेष जोड दिए जसको परिणाम स्वरूप यस विद्यालयले पनि परीक्षामा उत्कृष्ट अङ्कका साथ सफल विद्यार्थीहरू उत्पादन गर्न सफल बनेका थिए।  विद्यालयमा  शैक्षिक  योगदानलाई निरन्तरता दिदै उनि  विक्रम सम्वत २०७१ साल फागुन ११ गते यस विद्यालयको प्रधानाध्यापक बनेका थिए।

सो  विद्यालयको प्रधानाध्यापक भइसकेपश्चात  विद्यालयको उन्नति र प्रगतिका लागि पसकिय कोइरालाले   विद्यालयलाई यस क्षेत्रकै राम्रो एवं नमुना विद्यालयको रूपमा प्रस्तुत गर्ने  धोको तथा भावी योजना रहेको कपन अनलाइनलाई सुनाए।

आउँदा  दिनहरूमा समेत यसै विद्यालयको एक कुशल प्रशासकको रूपमा कार्यरत रही यस विद्यालयको प्रगतिको मार्ग पहिचान गरी  शिक्षा क्षेत्रमा समर्पित हुने  अन्तिम धोको रहेको कोरारालाले बताएका छन।

तपाइँको प्रतिक्रिया ।