बुढानिलकण्ठ नगर अधिवेसन : नेकपा एमाले कमजोर पार्न “निर्वाचन क्षेत्र” लाई मुद्दा बनाउने प्रयास

बुढानिलकण्ठ नगर अधिवेसन : नेकपा एमाले कमजोर पार्न “निर्वाचन क्षेत्र” लाई मुद्दा बनाउने प्रयास

कपन अनलाइन

काठमाण्डौ, चैत ७।

नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीको अधिवेसन यहि चैत १६ र १७ गते हुन् लागेको छ। नगर अधिवेसनका लागि चैत १० गते प्रतिनिधि छनौटको तालिका सार्वजनिक भए संगै आगामी नेतृत्वका बारेमा पनि व्यापक बहस र कोठे छलफलहरुले तीव्रता पाएका छन।

बुढानिलकण्ठ नगरपालिकाको अधिवेसनमा प्रभाव पार्न सक्ने नेताहरुको घरदैलोमा केहि स्थानीय नेताहरुले दौड सुरु गरेसंगै अधिवेसन केन्द्रित विभिन्न मुद्दा र विषयहरुका वारेमा पनि खुल्ला र आन्तरिक तहमा छलफल सुरु भएको छ।

अधिवेसन केन्द्रित मुद्दाहरुका वारेमा चर्चा गर्दा अहिले नेकपा एमाले बुढानिलकण्ठमा निर्वाचन क्षेत्रको विषयले पनि प्रवेस पाएको छ। काठमाण्डौ क्षेत्र नं ४ का ८ वडा र क्षेत्र नं ५ का ५ वटा वडा रहेको बुढानिलकण्ठ नगरपालिकामा केहि नेकपा एमालेका नेताहरुले आगामी नेतृत्व क्षेत्र नं ४ ले गर्नुपर्छ भन्दै कोठे र मनोरन्जनात्मक बसाइमा चर्चा चलाए संगै यो विषय निकै पेचिलो बनेको छ।

बुढानिलकण्ठ नगरपालिकामा क्षेत्रीय बहस गत संघीय निर्वाचनमा पनि भएको थियो जसका कारण स्थानीय तहको निर्वाचनमा नेकपा एमाललेलाई सानदार विजय गराएका नगर कमिटी अध्यक्ष प्रदीप डंगोलले यस क्षेत्रका उम्मेदवार डा.राजन भट्टराई संगको परामर्शमा क्षेत्र नं ४ मा केन्द्रित र सक्रिय बन्ने प्रयास गर्दा केहि नेताहरुले उनलाई क्षेत्र नं ५ तिरै लाग्नुपर्छ भन्दै घुमाउरो तरिकाले अस्विकार गरिएको विषयले निकै चर्चा समेत पाएको थियो।

लगातार चार वटा निर्वाचनमा पराजय बेहोरेको क्षेत्र नं ४ लाई निति र नेतृत्व दुवै परिवर्तन गर्दै नयाँ ढंगले अगाडी बढ्नुपर्ने आवस्यकता रहेको अवस्थामा स्थानीय सरकार र कमिटीलाई नयाँ द्वेष र विवादको बिउ रोप्नेगरी नगर अधिवेसनको सन्निकट क्षेत्रीय मुद्दा आउनुलाई अहिले निकै गम्भीर रुपमा हेरिएको छ।

तीव्र दवाव र प्रभावको भुमरीमा श्रीकृष्ण श्रेष्ठ : 

नगर अधिवेसन नजिक आएको र क्षेत्रीय मुद्दा पेचिलो बनेको अवस्थामा नगर कमिटीका सचिव समेत रहेका वडा नं १३ का पुर्व अध्यक्ष तथा हाल नगरपालिकाका सल्लाहकार श्री कृष्ण श्रेष्ठ निकै दवावमा परेको एमाले वृतमा चर्चा भैरहेको छ।

नगर कमिटीको नेतृत्वका लागि स्वाभाविक दावेदार देखिएका उपाध्यक्ष शम्भु प्रसाद भट्टराई जनप्रतिनिधि कार्यकारी पद अध्यक्ष र सचिवमा केन्द्रको मापदण्डका कारण दावेदार बन्न नसक्ने अवस्था आए संगै दावेदार बनेका श्रेष्ठलाई क्षेत्रीय मुद्दा बोकेको कोटरीले दवाव र प्रभावमा पार्न खोजेको विषय अहिले बजारमा ब्यापक बनेको छ।

आउने निर्वाचनहरुमा संसदीय फाँटका हरेक पदमा शशक्त दावेदारी दिन सक्ने श्रेष्ठलाई अधिवेसनको भुमरीमा पारेर व्यवस्थापन गर्न सके आगामी दिन सहज हुने महसुस गरेर केहि नेताहरुले उनलाई उचाल्ने प्रयास गरिरहेको बताउदै एक वडा कमिटीका पदाधिकारीले त्यो व्यवस्थापन जिताएर वा ठेगान लगाएर दुवै हुनसक्ने अनुमान गरेका छन।

भर्खरै सम्पन्न भएका वडा अधिवेसनको क्रममा अतिरक्त मान र भाउ नदिएका अध्यक्ष प्रदिप डंगोल संग रुस्ट बनेका केहि नेताहरुले सचिव श्रेष्ठलाई उपयोग गर्न खोजेको सजिलै बुझ्न सकिने बताउदै ति पदाधिकारीले यदि क्षेत्रको नै विषय मुख्य भए लामो समयदेखि पार्टीमा योगदान दिएर पनि अवसर नपाएका धुर्व भट्टराईले शशक्त दावी गर्दा पनि उनको पक्षमा कोहि किन नबोलेको ? भन्ने प्रश्न समेत गरेका छन।

अधिवेसन आउन केहि  दिन बाकि रहेको अवस्थामा सचिव श्रेष्ठले नेतृत्वका लागि शशक्त दावी गर्लान वा नेतृत्व विकासका लागि सहज उपाय खोज्लान ? त्यो भने चैत १७ गते निर्धारण हुनेछ।

निर्णायक कपनमा फरक फरक मत :

बुढानिलकण्ठ नगरपालिका वडा नं १०,११ र १२ रहेको कपनमा पनि नगर अधिवेशन नजिकिए संगै विभिन्न मतहरु देखिएका छन। कपन एक रहेको र एक हुने भन्दै राजनीतिक बजारमा हल्ला चलाए जस्तो नभएर अहिले कपनमा नगर अधिवेसनलाई लिएर विभिन्न फरक फरक मत देखिएको छ।

वडा कमिटीमा निर्वाचित भएका अधिकांस पदाधिकारी तथा सदस्यहरुले हालको नेतृत्वको निरन्तरता हुनुपर्ने धारणा आनौपचारिक रुपमा राखे संगै तरंगित बनेको कपन नेकपा एमाले विभाजनपछि गुट रहित जस्तै बनेको थियो।तर नगर अधिवेसनलाई केन्द्रित गर्दै क्षेत्रको मुद्दा चर्केपछि कपनमा पनि स्पस्ट विभाजन हुने संकेत देखेको एक बुद्दिजिबि बताउछन।

कपनलाई नै भूगोल बनाएर सक्रिय नेता धुर्व भट्टराईले अध्यक्षमा दावी गर्दा गर्दै अन्य स्थानमा  नेता खोज्ने प्रवृतिले फरक संकेत गरेको भन्दै उनले क्षेत्रको बहसले काठमाण्डौ क्षेत्र नं ४ र ५ विच वैमनस्य ल्याउने बाहेक कुनैपनि उपलव्धि पूर्ण नजिक ननिकाल्ने धारणा राखेका छन।

वडा नं १० को कपन ह्यान्डबल मैदानमा चैत १६ गते हुने उद्घाटन शत्रको तयारीलाई तीव्र बनाएको नगर कमिटीले निर्देशन जारी गर्दै सबै कमिटीहरुले चैत १२ गते प्रतिनिधि छनौटका लागि अनुरोध गरेको छ।

यसपटक पनि पहिलो अधिवेसन जस्तै २०: १ को प्रावधानमा प्रतिनिधि छनौट हुने जनाउदै एमाले श्रोतले अधिवेसन भएका भएका जन संगठनबाट २ र भेला आयोजक समितीबाट गठन भएका जन संगठनबाट एक /एक जना प्रतिनिधि छनौट हुनेछन।

यस्तो छ कार्यतालिका :

१.२०८०/१२/२ गते ८ः००बजे आर्थिक कमिटीको बैठक

२.२०८०/१२/२गते ४ः००बजे जनपरिचालन समितिको बैठक

३.२०८०/१२/३गते ८ः०० बजे सांस्कृतिक समितिको बैठक

४.२०८०/१२/३गते ४ः००बजे प्रकाशन प्रचार समितिको बैठक

५.२०८०/१२/४ गते ८ः०० बजे स्वयंसेवक समितिको बैठक

६.२०८०/१२/५ गते दिउसो ३ः००बजे मञ्च व्यवस्थापन समिति को बैठक

७.२०८०/१२/६ गते ८ः०० बजे उत्कृष्ट वडा घोषणा समितिको बैठक

८.२०८०/१२/६ गते ४ः०० बजे खाद्यव्यवस्थापन समितिको बैठक

९.२०८०/१२/७ गते बिहान १३ वटा(सबै) वडाको बैठक बस्ने अधिवेशन तयारी

१० .२०८०/१२/१० गते ११ः०० बजे एकै समयमा सबै वडामा प्रतिनिधि छनौट

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।