समय र परिस्थितिको अन्तर धेरै छ : अन्सु भट्ट (कविता )

समय र परिस्थितिको अन्तर धेरै छ : अन्सु भट्ट (कविता )

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

सपनालाई पुरा गर्न बाटो धेरै छ,
त्यो बाटोमा साथ दिने आँट थोरै छ ।
घमाइलो दिनमा साथ दिने
अनि अध्यारा रातमा शाथ छोड्ने
विवेकशील छाँयाको स्वार्थ ठुलो छ ।
हिँजो र आज, आज र भोलिको म
तुलना गर्दै नगर समय र परिस्थितिको अन्तर धेरै छ ।

अरुका सुखका दिन डाहा गर्ने आत्माहरु हो,
सुरुमा एक्लै खनेका गन्तव्य साह्रो छ
असहज परिस्थितिमा छाडिएको वाणको घाउ आलै छ ।
आजको सफलतामा हिजोको धोका जिउँदो छ ।
मुखमा हाँसो अनि मनमा कुभावना भएका साथी हो
हिँजो र आज, आज र भोलिको म
तुलना गर्दैनगर समय र परिस्थितिको अन्तर धेरै छ ।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।