गीत : निमेष नेवा

गीत : निमेष नेवा

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

बिच बिचमा बोलिदिन्छन् रुचि हुनेले ।
एकछिन धैर्यसँग सुन्न सक्दैन मनले ।।

किन हो तब अधुरो कुराकानी हुन्छ त्यो ।
भन्ने सुन्ने दुबै अपुरो अपुरो हुन्छ त्यो ।।
एक आपसमा बैराग्य छाउँछ भावनाले ।
बिच बिचमा बोलिदिन्छन् रुचि हुनेले ।।

उसको सुन्यो उसको सुन्यो सबैको कुरा ।
आपूmले भन्न खोजेको भन्दा अनेकौं कुरा ।।
बस हल्का आवेग बाहेक के गर्ने चाहानेले ।
बिच बिचमा बोलिदिन्छन् रुचि हुनेले ।।

कोही भन्दा कम हुन कोही चाहादैनन् तब ।
मात्र हेराहेरको युद्ध चल्छ मनोवेगले तब ।।
आखिर मित्र मण्डली हो मौनता ओडयो शानले ।
बिच बिचमा बोलिदिन्छन् रुचि हुनेले ।।

स्पष्टसँग कोही बोल्न पाउँदैनन् यस्तोमा ।
कुरा काढी हाल्छन् बोली बिचमा यस्तोमा ।।
तैपनि बुझेको भान लिन्छन् क्या इज्जतले ।
बिच बिचमा बोलिदिन्छन् रुचि हुनेले ।।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।