उन्माद : मधुसुदनप्रसाद घिमिरे (कविता )

उन्माद : मधुसुदनप्रसाद घिमिरे (कविता )

कपन अनलाइन

काठमाण्डौ, चैत ३ ।

प्यारी तिमी छौ रसकि मुहान
माया तिमी कै असलि छ जान
मैले पकाए अव खाउ भन्नु
मिठो नमिठो पनिता नभन्नु

तिम्ले दिए क्वाप्व समाइ खान्छु
मसक्क मस्क म अगाडि तान्छु
सफेद तन्ना खुज्मुज्याइ हालौ
उन्मादको दीयो झलक्क बालौ

निसा भए नि रबि झूल्किए नि
झिलिक्क घामै पनि टूल्किएनि
कोमल् तिमिका पनि अङ्ग नाप्छु
कम्बल् बनेमा म सिरानि थाप्छु ।

सहकार्य : कपन बानेश्वर सहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।