नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा रविन्द्र थापा (रवी ) को शशक्त दावी रहने

नेकपा एमाले बुढानिलकण्ठको उपसचिवमा रविन्द्र थापा (रवी ) को शशक्त दावी रहने

कपन अनलाइन

काठमाण्डौ, चैत १।

नेकपा एमाले बुढानिलकण्ठको दोश्रो नगर अधिवेसन यहि चैत्र १६ र १७ गते हुदैछ। नगर कमिटीको अधिवेसन नजिकिए संगै विभिन्न पदमा दावी गर्ने नेताहरुले आन्तरिक छलफल र तयारीलाई पनि तीव्रता दिएका छन।

यसै क्रममा नेकपा एमाले बुढानिलकण्ठ नगर कमिटीका सचिवालय सदस्य रविन्द्र थापा (रवी) ले पनि उपसचिव पदमा दावी गर्ने बताउदै आफ्नो तयारीलाई तीव्र बनाएका छन।

दुई कार्यकाल नेकपा एमाले काठमाण्डौ क्षेत्र नं ४ को सदस्य रहेका थापाले यस पटक पदाधिकारीमा दावी गर्ने तयारी गर्दै विभिन्न प्रभावशाली नेताहरु संगको परामर्शलाई पनि बाक्लो बनाएका छन।

साविक महाँकाल गाविस रहदा प्ररायु संघको संस्थापक अध्यक्ष समेत रहेका थापा २०५४ शालको स्थानीय निकायको निर्वाचनमा वडा नं ६ को सदस्यमा निर्वाचित भएका थिए।

बुढानिलकण्ठ नगरपालिकामा भौतिक पूर्वाधार विकासका लागि पार्क निर्माणका साथै करिव १३ सय घरधुरीलाई खानेपानी उपलव्ध गराउने अभियानमा रहेका थापाले शशक्त संगठन र रचनात्मक कमिटी निर्माणका लागि आफ्नो उम्मेद्वारी रहने बताउदै आएका छन।

स्थानीय तहको निर्वाचनमा महत्वपूर्ण जिम्मेवारी बहन गर्दै नेकपा एमालेलाई विजयी बनाउनका लागि भूमिका निर्वाह गरेका थापाले उपसचिवमा दावेदारी गरे संगै अन्य नेताहरुले पनि दावी गरिरहेको श्रोतले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।