टाइम्स र ललितपुरलाई थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि

टाइम्स र ललितपुरलाई थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि

कपन अनलाइन

काठमाण्डौ, फागुन २९।

टाइम्स ‘ए’ र ललितपुर ‘ए’ ले थ्री एक्स थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टाइम्स पुरुष तथा ललितपुर महिलामा च्याम्पियन बने ।
त्रिपुरेश्रस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले नेपाल आर्मी ‘बी’ लाई २१–१७ ले पराजित ग¥यो । उपाधिसंगै टाइम्सले १ लाख नगद पुरस्कार हात पा¥यो भने आर्मीले ५० हजार नगद पुरस्कारमा चित्त बुझायो ।
महिलाको उपाधि भिडन्तमा ललितपुरले आईआईएमएसलाई १७–१४ ले हरायो । ललितपुरले ५० हजार तथा आईआईएमएसले २५ हजार नगद पुरस्कार पाए ।
नेपाल बास्केटबल संघ र थ्री एक्स थ्री नेपाल बास्केटबलद्वारा संयुक्त आयोजित प्रतियोगिताको पुरुषमा मनीष केसी तथा महिलामा गरिषा सिलवाल ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । उपाधि विजेता टोलीका दुवैले जनही १५ हजार नगद पुरस्कार हात पारे ।
विजेतालाई नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङ, महासचिव नरेन्द्र थापालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको पुरुषमा ३२ तथा महिलामा ८ गरी ४० टिमले प्रतिस्पर्धा गरेको थ्री एक्स थ्री नेपाल बास्केटबलका संयोजक शरद विष्टले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।