शिवरात्रीमा पशुपति जादै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र बाटो व्यवस्थापन !

शिवरात्रीमा पशुपति जादै हुनुहुन्छ ? यस्तो छ सवारी रुट र बाटो व्यवस्थापन !

कपन अनलाइन
काठमाडौं, फागुन २५।

महाशिवरात्रि पर्वको अवसरमा गौशाला स्थित पवित्र पाशुपत क्षेत्रमा आज रातीदेखिनै दर्शनार्थीहरूको भिडभाडहुने भएकाले आवश्यकता अनुसार सवारी  साधनलाई  डाईभर्सन गरिने भएको छ ।

गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानो-बानेश्व्र,  ज्ञानेश्वोर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाट आवश्यकता अनुसार डाईभर्सन गरिने छ ।
त्यसैगरी मालवाहक सवारी साधनहरूलाई भने तीनकुने, जोरपाटी नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ  ।

१.    आबश्यकता अनुसार डाईभर्सन गरिने स्थानहरु:–
–   चावहिलबाट गौशालातर्फ ।
–  पुरानो बानेश्वलरबाट गौशालातर्फ ।
-ज्ञानेश्वनर मैतिदेवि मोडबाट रातोपुल हुँदै गौशालातर्फ ।
-द्वारीका होटलको उत्तरतर्फको शाखा मार्ग ।
–  सिफल चौरबाट जयबागेश्व रीतर्फ ।
–  लामोपोखरी कुटुवहालबाट मित्रपार्कतर्फ ।
– गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ ।
– तिलगंगाबाट गौशालातर्फ ।
–   मालबावहक सवारी साधनहरु तीनकुनेबाट सिनामंगल, तिलगंगातर्फ ।
–   जोरपाटी नारायणटारबाट करिडोर बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ ।
– सिनामंगल पुलबाट करिडोरको मार्ग हुँदै होटल महाराजा निस्कने मार्ग ।
–   जोरपाटी, बौद्धतर्फबाट आउने मालवाहक सवारी साधन चुच्चेपाटीबाट चावहिलतर्फ ।
तर मालबाहक तथा ढुवानीका सवारी साधन बाहेक अन्य सार्वजनिक र भक्तजनहरुका निजी सवारी साधनहरुलाई ट्राफिक चाप र अबस्था हेरी व्यबस्थापन र डाईभर्सन गरिने छ ।

२.    मालबाहक सवारी साधनलाई गरिने डाईभर्सन
–    कोटेश्वर, तिनकुने, गौशाला हुदैं बौद्ध वा सुकेधारातर्फ जाने मालवाह सवारी साधनहरु जडिबुटी, काँडाघारी हुँदै बौद्धतर्फ संचालन हुने,
–    कोटेश्वर तिनकुने हुदैं पशुपती वरपर तर्फ जाने मालवाहक सवारी साधनहरु तीनकुने आसपास व्यबस्थापन गरिने ।
–   महाराजगंज, चावहिल हुदैं पशुपती वरपर जाने मालवाहक सवारी साधनहरु धुम्वाराहीमा मेला अवधिभर कुर्नुपर्ने ।
–   कोटेश्व र वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल  हुदैं बौद्ध जोरपाटीसम्म पुग्न सक्ने ।

३.    पार्किङ्गको व्यबस्थापन गरिएका स्थानहरु
–    सिफल चौर (दर्शानार्थीहरुको)
–    कोषको कार्यालय (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
–    भण्डारखाल (सरकारी र सुरक्षाकर्मीका सवारी साधनहरु)
–    तिलगंगाको खाली स्थान र करिडोरमा (तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधनहरु)
–    वनकाली (शिविर सञ्चालन गर्ने संघ संस्थाहरु, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधनहरु)
–   गुहेश्वारी पारी(तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधनहरु)

४.    जनशक्ती परिचालन
–   महाशिवरात्री मेलाको ट्राफिक व्यबस्थापन गर्नको लागी मात्र कुल ५१३ जना ट्राफिक प्रहरी खटाइएको छ ।
–    प्वाइन्ट ड्यूटी, पार्किङ्ग ड्यूटी, डाईभर्सन ड्यूटी लगायतमा उक्त ट्राफिक प्रहरी परिचालन गरिने छ ।
–    यस बाहेक बिशिष्ट व्यक्तिहरुको भ्रमण व्यबस्थापन र अन्य स्थानहरुको नियमित गरिने ट्राफिक व्यबस्थापनमा समेत थप जनशक्ती परिचालन गरिने छ ।

तपाइँको प्रतिक्रिया ।