हेडसरका कथा :शिक्षा सेवालाई संकल्प बनाएका “पञ्चकन्या”का राम लामा तामाङ

हेडसरका कथा :शिक्षा सेवालाई संकल्प बनाएका “पञ्चकन्या”का राम लामा तामाङ

कपन अनलाइन
काठमाडौं, फागुन २५।

शिक्षक एक त्यस्ता  व्यक्तित्व हुन जो निस्वार्थ भावनाका शिक्षण पेशामा समर्पित भएर समाजसेवाका लागि खटिरहन्छन् त्यस्तै एक व्यक्तित्व हुन् राम लामा तामाङ।

उनको जन्म विक्रम सम्वत २०३६ साल फागुन १५ गते यही काठमाडौँ जिल्लाको बुढानिलकण्ठ नगरपालिका वडा नं ५  डाँडागाउँमा भएको हो।

तामाङ समुदायको एक सामान्य  जन्मेका उनले पञ्चकन्या माविबाटै प्राथमिक तहको शिक्षा आर्जन गरेका थिए भने   मावि तहको शिक्षा यही बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा स्थित बुढानीलकण्ठ माविबाट प्राप्त गरेका थिए।

महेन्द्र रत्न क्याम्पस ताहाचलबाट एमएड तहको शिक्षा प्राप्त गरेका उनले शंकरदेव क्याम्पसबाट एमबिएसको अध्ययन पुरा गरेका छन।

आफुले शिक्षा आर्जन  आर्जन गर्ने क्रममा आफ्नो समुदायमा विभिन्न प्रकारका समस्याहरू देखेको र भोगेको बताउने तामाङले आफ्नो समुदायको प्रमुख समस्याको रूपमा रहेको अशिक्षालाई हटाउन आफै खट्नुपर्छ भन्ने लागेर शिक्षण पेशा रोजेका थिए।

शुरुवाती बालबालिकाहरूलाई पढाउनको निमित्त शैक्षिक संस्थाहरूको उचित व्यवस्था नहुँदा गाउँघरका गोठहरू र छाप्राहरुमा शिक्षण सुरु गरेको स्मरण गर्दै तामाङले टुसाल गाउँको तामाङ गुठीका प्रमुख तथा शिक्षाप्रेमी एवं समाजसेवी कान्छा लामा तामाङले पञ्चकन्या माविको जग बसाएको बताउछन।

आफ्ना  हजुरबुवा कान्छा लामा तामाङले त्यस स्थानमा लामाको संस्कार गर्ने लामा चेलाहरू उत्पादन गरी बौद्ध ग्रन्थको लामा अक्षरहरूको पढाइलेखाइ सुरु गरेको बताउदै प्रधानाध्यापक तामाङले विद्यालय निर्माण गर्नको निमित्त आठ आना जग्गा दान समेत गरेको स्मरण गरेका छन।

विसं २०३७ साल ९ महिना २९ गते जिल्ला शिक्षा कार्यालय काठमाडौँले पञ्चकन्या नाममा विद्यालय दर्ता भएपछी  आफ्नै नाम कान्छा लामा तामाङ विद्यालय राख्ने निधो गरेका उनका हजुरबाले  आवेगमा आएर विद्यालयको स्थान समेत परिवर्तन गरेको तामाङ बताउछन।

कान्छा लामा तामाङ एक सोझो प्रवृत्तिका मानिस थिए जसकारण यसको केही समय पश्चात् कान्छा लामालाई अरुले चलाखी गरेर  उक्त विद्यालयको नाम उनकै नाममै राख्ने हो भने फकाएर १४ आना जग्गा पञ्चकन्या प्राथमिक विद्यालयकै नाममा नामसारी गराएको स्मरण गर्दै प्रधानाध्यापक तामाङले  सो विद्यालय संग नजिकबाट भावनात्मक रुपमा समेत जोडिएको  बताए।

राम लामा तामाङले गाविस स्रोत,स्वयंसेव र निजी स्रोतमा रहेर शिक्षण पेसामा सक्रिय रहदै २०५६ सालमा अस्थायी शिक्षकको रुपमा सो  विद्यालयमा नियुक्त भएका थिए।

विसं २०६३ सालमा सोही विद्यालयमा स्थायी शिक्षकको रुपमा नियुक्त भएका उनले २०७७ सालमा उक्त विद्यालयको प्रधानाध्यापकका रुपमा योगदान पुर्याउदै आएका छन।

आफ्नो समुदायको शैक्षिक स्तरवृद्धि गर्नको लागि  शिक्षण पेशा अंगालेको हुँदा आफ्नो बाँकी रहेको जीवनकाल पनि यही  क्षेत्रमा समर्पित गर्ने भावी योजना रहेको बताउदै तामाङले निरन्तर यसै क्षेत्रमा व्यतित गर्ने संकल्प समेत गरेका छन।

(कपन अनलाइनको हेडसरका कथा शृंखलाका लागि अमित श्रेष्ठले गरेको कुराकानीमा आधारित )

 

तपाइँको प्रतिक्रिया ।