काठमाण्डौ महानगरपालिकामा”सिटी भोलेन्टियर”का लागि आवेदन खुल्ला
कपन अनलाइन
काठमाण्डौ ,फागुन १४।
काठमाडौँ महानगरपालिकाले १४० जना महानगर स्वयमसेवक (सिटी भोलेन्टियर) का लागि आवेदन खुलाएको छ । यो २४ हप्ताका लागि हो । यो २४ हप्ताका लागि हो । आवेदकमा छनोट भएका स्वयमसेवकले हप्तामा २ दिन समय दिनुपर्छ। यस कार्यक्रम अन्तर्गत १ सय जना बाबा (बालबालिका र वातावरण) स्वयमसेवक र ४० जना सम्युवा (सम्पदामा युवा र बालबालिका) कार्यक्रमका लागि स्वयमसेवक लिन लागिएको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार वहुपक्षीय साझेदारीमा काम गर्नका लागि यो महत्वपूर्ण प्लेटफर्म हो ।
स्वयमसेवकका लागि आवेदन दिन तलको लिङ्क क्लिक गर्नुहोस् । त्यसपछि खुल्ने पेजमा माग गरिएका विवरण भर्नुहोस् । https://shorturl.at/dflw0
फाराम भर्नका लागि गुगल डकुमेन्टमा लिङ्क उपलब्ध छ । आफ्नो पूरा नाम थर, स्थायी अस्थायी ठेगाना, रुचि भर्नु पर्छ । यसमा आफू कुन विधामा इच्छुक हो, बाबा या सम्युवामध्ये एउटालाई छान्नुपर्छ । त्यो क्षेत्रमा किन स्वयमसेवक बन्न खोजेको हो, त्यसका बारेमा २ सय शव्द सम्ममा धारणा लेखेर पठाउनुपर्छ । यसैगरी वायो डाटा अपलोड गर्नुपर्छ । यो फाराम आउँदो आइतबार (फागुन २० गते) राती ११ बजेर ५९ मिनेटभित्र भर्न सकिनेछ ।
समय दिन सक्ने आवेदकको अवस्था छनोटको मुख्य आधार हो । यसमा ६० प्रतिशत समय दिन सक्ने स्वयमसेवकलाई प्रमाण पत्र दिइनेछ ।