थ्री बाइ थ्री बास्केटबलमा काष्ठमण्डप र नामीलाई उपाधि,बुढानिलकण्ठ दोश्रो

थ्री बाइ थ्री बास्केटबलमा काष्ठमण्डप र नामीलाई उपाधि,बुढानिलकण्ठ दोश्रो

कपन अनलाइन

काठमाण्डौ ,फागुन १४।

आयोजक काष्ठमण्डप र नामीले सातौं काष्ठमण्डप अन्तर ए लेभल थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । काष्ठमण्डप ब्वाइज तथा नामी गल्र्समा च्याम्पियन बने ।

मण्डिखाटारस्थित घरेलु कोर्टमा भएको ब्वाइज फाइनलमा काष्ठमण्डपले ओरियन्टलाई १३–९ ले पराजित गर्यो। काष्ठमण्डपका अन्सुल गोपालीले ११ तथा चिराग हमालले २ अंक जोडेका थिए  ।

गल्र्सको उपाधि भिडन्तमा नामीले बुढानीलकण्ठलाई २२–१ ले सहजै हरायो । नामीका गुरुत्सो लामाले ११, छिरिङ शेर्पाले ८ र सुवेक्षा लामाले ३ स्कोर गरेका थिए  ।प्रतियोगिताको ब्वाइजमा काष्ठमण्डपका अन्शुल तथा गर्ल्समा  नामीकी गुरुत्सो ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, काष्ठमण्डपकी संस्थापक निर्देशक एवं प्रिन्सिपल डा. शिवा थापा, काष्ठमण्डपकी निर्देशक इला पिया र ए लेभल को–ओर्डिनेटर यादव थपलियाले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुई प्रतियोगिताको ब्वाइजमा ८ तथा गल्र्समा ४ टिम सहभागी थिए । गल्र्सको प्रतिस्पर्धा पहिलोपटक राखिएको काष्ठमण्डपका इसीए इन्चार्ज सुन्दर बुढाथोकीले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।