मुक्तक : तिलक पोखरेल
कपन अनलाइन
काठमाण्डौ,फागुन ११।
रहेर पनि नरहने समय जस्तै हो
गाएर पनि नसुनिने लय जस्तै हो
परिस्थिले रङ् फेर्न सुरूगरेपछि
हर्ष पनि एकप्रकारको भय जस्तै हो ।।१।।
मिल्ने कुरा थियो विछोड् भयो
आउँछु भन्थ्यो ख्वै कता पो गयो
पर्खाइले यति पोल्न थाल्यो मलाई
चाहना मात्र प्रेम बनी आफूसँग रह्ये ।।२।।
मेरो देश त यस्तै भो अब म के भनुँ हजुरलाई
पक्षीशाखामा कस्ले राख्छ मरेको मयुरलाई
महत्वको पनि आयु हुँदो रहेछ नि महोदय
लौ भन्नुस् कस्ले इज्जत दिन्छ टुटेको गजुरलाई ।।३।।
म हैरान भएँ आफैसँग हो आफैसँग
दिग्दार लान्न थाल्यो नरुग्ने गाँसैसँग
खोज्यो खोज्यो जिन्दगी आखिर के छ र
सम्बन्ध मिलाएर जानेहो हरियो बाँसैसँग ।।४।।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।