प्याव्सकको आयोजनामा सार्वजनिक भाषण कला प्रतियोगिता हुने

कपन अनलाइन
काठमाडौं,माघ २३।

निजी तथा आवासीय विध्यालय संगठन काठमाण्डौ (PABSOK ) को आयोजनामा सार्वजनिक भाषण कला तालिम तथा प्रतियोगिता हुने भएको छ।

काठमाण्डौ महानगरपालिका वडा नं ६ मा रहेको सगरमाथा एजुकेसनल एकेडेमीमा माघ २५ गते सार्वजनिक भाषण कलाको तालिम हुनेछ भने माघ २८ गते आइतवार प्रतियोगिता हुनेछ।

पूर्व मिस नेपाल तथा संचारकर्मी सुगारिका केसिको प्रशिक्षणमा हुने सो तालिममा प्याव्सकका सदस्य विध्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहने अध्यक्ष राजन श्रेष्ठले जानकारी दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।