सामुदायिक विद्यालयको स्तर उठाउन जोड

सामुदायिक विद्यालयको स्तर उठाउन जोड

काठमाडौँ (कपन अनलाइन)–श्रावण २०

सभासद् गगनकुमार थापाले सामुदायिक विद्यालयको स्तर नउठेसम्म संविधान मात्र बनेर सन्तोष लिन नसकिने बताएका छन् । बूढानीलकण्ठ–१२, कपन, बेखस्थित बाल उद्धार उमाविको २४औँ वार्षिकोत्सव तथा अभिभावक दिवसलाई सम्बोधन गर्दै नेता थापाले सामुदायिक विद्यालयको स्रोत र शिक्षक हुँदाहुँदै पनि प्रगति गर्न नसक्नाको कारणबारे खोजी गरिनुपर्ने औँल्याए ।20150806_123759

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बर अधिकारी, उमाविका निमित्त प्राचार्य होमप्रसाद वाग्ले, सहायक प्रअ डोरप्रसाद आचार्यले विद्यालयमा आगामी दिनमा प्राविधिक विषय पनि पढाइने जानकारी दिए ।  20150806_125305

विसं २०४६ मा स्थापित सो विद्यालयमा हाल करिब ११ सय विद्यार्थी अध्ययनरत छन् । गत वर्षको प्रवेशिका परीक्षामा विद्यालयका ७९.२८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । गरिब र न्यून आय भएका अभिभावकका छोराछोरीलाई गुणस्तरीय, प्राविधिक र जीवनोपयोगी शिक्षा प्रदान गर्ने विद्यालयको उद्देश्य रहेको छ । सो अवसरमा विद्यालयलाई आर्थिक सहयोग गर्ने ९८ वर्षीय रामप्रसाद शर्मा काफ्ले तथा समाजसेवी खिलनाथ अधिकारी तथा स्कुललार्इृ विभिन्न समयमा आर्थिक सहयोग गर्ने चन्दा दाताहरु साथै गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई सम्मान गरिएको थियो । त्यस्तै विद्यालयको ‘सामाजिक परीक्षण प्रतिवेदन’ सार्वजनिक गरिएको थियो । त्यस्तै विद्यालय संगै निर्मित गणेश र सरस्वतीको मन्दिर परिसरमा आजै समीका दुई वृक्षरोपण गरिएको थियो ।20150806_123530

सो अवसरमा बुनपा वडा नं. १२, कपनमा क्रियाशिल राजनितिक दल नेपाली कांग्रेस, नेकपा एमाले तथा एनेकपा माओवादीका प्रतिनिधिहरु क्रमशः नारदमणी घिमिरे, नवराज भट्टराई तथा शिव वजगाईले शुभकामना मन्तव्य प्रदान गरेको थिए ।

तपाइँको प्रतिक्रिया ।