भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल: भद्रकाली र एलआरआईको जित

भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल: भद्रकाली र एलआरआईको जित

कपन अनलाइन

काठमाण्डौ ,माघ २२ ।

भद्रकाली र एलआरआईले १६ औं भ्याली पब्लिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार जित हात पारेका छन्।
भद्रकालीले एनसीसीएसलाई १२–९ ले पराजित ग¥यो । भद्रकालीकी प्रशंसाले ६ अंक जोडिन् । एलआरआईले लिटिल एन्जल्स (एलए) लाई १४–१२ ले हरायो । एलआरआईकी माल्सा न्यौपानेले ८ स्कोर गरिन् । सोही स्पर्धामा इबीएले डिएभीलाई ९–६ तथा बीएमसीएले प्रारम्भलाई २२–१९ ले पाखा लगाए । इबीएकी मेणुका मगरले ५ तथा बीएमसीएकी मानस्वीले ४ अंक जोडे ।
सिनियर ब्वाइजमा एचएचसीएले एलएलाई ४९–३९, भ्याली पब्लिकले बीभीएसलाई ५८–४३, किङडमले हिमालयलाई ३९–२९ र एलआरआईले युनिभर्सिटीलाई ३३–३१ ले पन्छाए ।
जुनियर ब्वाइजमा भ्याली पब्लिकले डिएभीलाई ४९–३७, क्यान्भासले बीएमसीएलाई ३७–२७, निस्टले सेबलाई ३३–२७ र स्किब्सले प्रारम्भलाई २१–१८ ले पराजित गरे ।

तपाइँको प्रतिक्रिया ।