सेन्ट लरेन्समा खेलकुद सप्ताह सुरु

सेन्ट लरेन्समा खेलकुद सप्ताह सुरु

कपन अनलाइन

काठमाण्डौ ,माघ २२ ।

सेन्ट लरेन्स स्कुलमा खेलकुद सप्ताह आइतबारदेखि सुरु भएके छ । चावहिलको गौरीनगरस्थित सेन्ट लरेन्समा सुरु भएको खेलकुद सप्ताहको राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान हरि खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे ।
खेलकुद सप्ताहमा कबड्डी, बुद्धिचाल, भलिबल, ब्याडमिन्टन, फुटबल, मार्सल आर्ट्स, बास्केटबललगायत खेलको प्रतिस्पर्धा हुनेछ ।
सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जनले विद्यालयले राष्ट्र निर्माणमा दक्ष र सबल नागरिक उत्पादन गर्न विषयगत शिक्षा मात्र नभइ अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिदै आएकोले वार्षिक क्यालेन्डर अनुसार खेलकुद सप्ताह आयोजना गरेको बताए ।
उद्घाटन कार्यक्रममा पूर्व फुटबलर संजित सिंह, नवजागरुक युवा क्लब, गौरीघाटका अध्यक्ष अमृतजंग थापा, सेन्ट लरेन्स स्कुल÷कलेजका अध्यक्ष केशवप्रसाद ढंगाल, भाइस प्रिन्सिपल उज्ज्वल सिंह, इसीए इन्चार्ज सुरज थापालगायतको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।