एनप्याब्सन खेलकुद सप्ताह: विक्रम र पूजालाई स्वर्ण

कपन अनलाइन

काठमाण्डौ ,माघ २२ ।

महाकवी देवकोटो मेमोरियल स्कुलका विक्रम विष्ट र माउन्ट ग्लोरीकी पूजा विकले एनप्याब्सन खेलकुद सप्ताहको एथलेटिक्सतर्फ १ सय मिटर दौडमा आइतबार स्वर्ण जितेका छन् । विक्रम ब्वाइज तथा पूजा गल्र्समा पहिलो भएका हुन् ।
एनप्याब्सन काठमाडौं जिल्ला कार्यसमितिद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा अभिषेक ज्ञान मन्दिर (एजीएम) का ईश्वर बुढा दोश्रो तथा ज्ञानभूमिका तिलकलाल श्रेष्ठ तेश्रो भए । गल्र्समा अर्किडकी सेबिका बस्नेतले रजत तथा अर्किडकै सिर्जना जैसीले कांस्य जिते ।
सिनामंगलस्थित एजीएममा भएको २ सय मिटर दौडको ब्वाइजमा वीरसेवाका ओर्निक्स विक पहिलो, महाकवी देवकोटाका विक्रम विष्ट दोश्रो र भीमेश्वर एकेडेमीका कस्विन ढुंगेल तेश्रो भए । उक्त स्पर्धाको गल्र्समा पिपुल्स एकेडेमीकी अन्जु थापाले स्वर्ण, गणेश हिमालकी पूर्णिमा तामाङले रजत र अर्किडकी सिर्जना जैसीले कांस्य जिते ।
सटपुटको ब्वाइजमा आरुणीका लक्ष्मण बस्नेत पहिलो, एलिजेन्ट पलका निर्मल कठायत दोश्रो र ज्ञानभूमिका विक्रान्त रोका मगर तेश्रो बने । सो स्पर्धाको गल्र्समा ज्ञानभूमिकी जिसिन्थ राई प्रथम, युनिभर्सलकी सुप्रिया गुरुङ द्वितीय र माइलस्टोनकी कृष्ताशना तामाङ तृतीय भए ।
टग वारमा मिलन धर्मस्थलीले दोहोरो उपाधि जित्यो । मिलन धर्मस्थली ब्वाइज÷गल्र्स दुवैमा उपाधि जित्न सफल भयो । ब्वाइज÷गल्र्स दुवैमा माइलस्टोन उपविजेता बन्यो । ब्वाइजमा भीमेश्वर तथा गल्र्समा काठमाडौं सेन्ट्रलले तेश्रो स्थानमा चित्त बुझाए ।
विभिन्न ५ खेल समावेश खेलकुद सप्ताहअन्तर्गत ३ खेलको प्रतिस्पर्धा सम्पन्न भएको छ । ब्वाइज फुटसल र ब्वाइज बास्केटबल हुन बाँकी छ । फुटसल सोमबारदेखि कपनस्थित दीक्षालय फाउन्डेसन नेपालमा हुनेछ । ४८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गर्ने आयोजकका उपाध्यक्ष एवं अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रेमकुमार भुजेलले जनाएका छन् ।

तपाइँको प्रतिक्रिया ।