गजल : पुरुषोत्तम नेपाल
कपन अनलाइन
काठमाडौं,माघ १३ ।
उसले कुट्दा नमन गर सद्भाव सपार्ने ठेक्का तिम्रो हो ।
आस्थामाथि प्रहार गर्दा मुस्कुराऊ सद्भाव सपार्ने ठेक्का तिम्रो हो ।
शैतान भन्दै मठ मन्दिर भत्काउँछ हेरिरहू ।
आफ्नै गाला थापिरहू सद्भाव सपार्ने ठेक्का तिम्रो हो ।
जनै फाल्यौ, टुप्पी काट्यौ पहिचान आफ्नो गुमाइसक्यौ ।
उसको पहिचानको रक्षा गर सद्भाव सपार्ने ठेक्का तिम्रो हो ।
एकादशी, तिल तुलसी चिन्छौ कि नाइ भन साथी ।
रोजा बस, क्रिसमस मनाऊ सद्भाव सपार्ने ठेक्का तिम्रो हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।