साहित्यकार नारायण गोदारेको निधन
कपन अनलाइन
काठमाण्डौ ,माघ ९।
वरिष्ठ साहित्यकार नारायण गोदारेको निधन भएको छ । बिगत लामो समयदेखि मुटु र मृगौला रोगले पीडित गोदारेको उपचारको क्रममा माघ ७ गते आइतबार राति ९ बजेर ४ मिनेटमा चाबहिल स्थित मेडिकेयर अस्पतालमा निधन भएको थियो ।
साहित्यकार गोदारेको मातृ कविता सङ्ग्रह २०५१, गजडी भङ्गी खण्ड काव्य २०५२,सवयात्रा जारी छ कविता यात्रा २०५७,सिद्धिचरण एक र अनेक खण्ड काव्य २०५८,अनाहकका उद्गारहरु २०५९, स्वराष्ट्रका वीरेन्द्र महाकाव्य २०५९, कूलचन्द्र र स्मृति खण्ड काव्य २०६० र फूल खण्ड काव्य २०६० प्रकाशित छन् ।
झण्डै आधा दर्जन कृतिहरु अप्रकाशित रहेको वहाँका सुपुत्र असीमकाली बास्कोटाले बताउनुभएको छ । बीडी त्यागी स्मृति सम्मानबाट सम्मानित गोदारेको सरस्वती नगर स्थित निवासमा साहित्यकार अभिलेखीकरण अभियान अन्तर्गत कपन बानेश्वर साहित्यिक साप्ताहिकले नामपाता टासेको थियो । ७५ वर्षीय गोदारेको श्रीमती ,एक छोरा र एक छोरी रहेका छन ।
तपाइँको प्रतिक्रिया ।