नेकपा एमाले बुढानिलकण्ठ-९ को अध्यक्षमा नेत्र कुमार कुइँकेल,को को बने पदाधिकारी तथा सदस्यहरु ?

नेकपा एमाले बुढानिलकण्ठ-९ को अध्यक्षमा नेत्र कुमार कुइँकेल,को को बने पदाधिकारी तथा सदस्यहरु ?

कपन अनलाइन

काठमाण्डौ ,माघ ५ ।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं ९  कमिटीको अध्यक्षमा नेत्र कुमार कुइँकेल  निर्वाचित भएका छन। वडा नं ९ को भ्याली ब्यान्केटमा भएको अधिवेसनबाट कुइँकेल अध्यक्षमा निर्वाचित भएका हुन्।

वडा नं ९  कमिटीको दोश्रो अधिवेसनबाट उपाध्यक्षमा रबिन कुमार खत्री  र सचिवमा पुष्पा देवी भण्डारी   निर्वाचित भएका छन भने उपसचिवमा दिपेन्द्र बहादुर थिङ्ग  र अमृता त्रिपाठी जोशी चयन भएका छन।

उक्त अधिवेसनबाट वडा कमिटीको सदस्यहरुमा लाल बहादुर खड्का,सन्तोष मणि ढुंगाना , प्रकाश न्यौपाने,उद्दव प्रसाद गुरागाई,दिलिप कुमार परियार,मक बहादुर नेपाली,सावित्री पाण्डे,सुस्मिता शाही ,जिना तामाङ ,प्रसिता थिङ्ग ,सिता देवी कटवाल ,इन्दिरा कुमारी थापा र फुलथुंगा कामि निर्वाचित भएका छन।

तपाइँको प्रतिक्रिया ।