काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोलमा आगोले जलेर एक जनाको मृत्यु

काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोलमा आगोले जलेर एक जनाको मृत्यु

कपन अनलाइन

काठमाण्डौ,माघ ३।

काठमाडौँ महानगरपालिका-१२ ब्रम्हटोल बस्ने देव नारायण डंगोलको घरमा विद्युत् सर्ट भई बुधबार बिहान आगलागी हुँदा उनको छोरा ४५ वर्षीय राजेन्द्र मान डंगोलको जलेर मृत्यु भएको छ  ।

त्यस्तै ललितपुरको गोदावरी नगरपालिका-१० टाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्ती पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा छाप्रो, भैँसी ३ वटा, भैँसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर मेसिन १ थान र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

तपाइँको प्रतिक्रिया ।