गजल : गंगा खड्का

गजल : गंगा खड्का

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

तिम्रो लागि पहरामा फूल बनी फुल्न सक्छु
परिआए आँखा चिम्ली सारा संसार भुल्न सक्छु ।

जिन्दगीको दौरानमा नगरेर कुनै गुनासो
संघर्षको सिस्नोघारी फाँड्दैफाँड्दै डुल्न सक्छु ।

जतिसुकै मुस्लो उठी मडारिए नि मेघमाला
वरिपरि चम्किदिने चाँदीघेरा भई खुल्न सक्छु ।

लेखाजोखा नगरेर लेनदेनको सम्बन्धमा
अधरमा सधैँ तिम्रो गुलाफपत्ता घुल्न सक्छु ।

अभावले क्षितिजबाट चियाएर हेरे मात्रै
कल्पतरु समान बनी तिम्रो समीप झुल्न सक्छु ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।