चार मुक्तक : एस. विवश

चार मुक्तक : एस. विवश

कपन अनलाइन

काठमाण्डौ ,पुस २८।

मायामा नै हारे जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रितको बयान नगर भो ।
सबै टाढा हुदा रैछन् दुःखै दुःख पर्दा खेरी
सुख हुदा नजिक आउने प्रितको बयान नगर भो ।

सबै कुरा गुमाई सके पाउने कुरा नगर भो
पलपल दुःखी भए खुसिको कुरा नगर भो ।
सबै टाढा हुदा रैछ दुःखको पल बाड्दा खेरी
खुसि लिन नजिक आउने स्वार्थिको कुरा नगर भो

साथ मैले गुमाएको छु पाउने कुरा नगर भो
हाँस्न मैले भुलि सके हसाउने कुरा नगर भो
जिबन मेरा ओइलाइ सके रोइरोइ बाँच्दा खेरी
बिच बाटोमै छुट्दो रैछ अधुरो प्रितको कुरा नगर भो

प्रेममा धोका हुदा रैछ मिलनको कुरा नगर भो
पे्रमको अर्थ आँशु रैछ चखेवाको कुरा नगर भो
प्रेमको मुल्य अमुल्य हुन्छ त्यागी जीवन जीउन सके
सधै सबै भोका हुन्छन् त्यागको कुरा नगर भो।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।