राष्ट्रपति यादव भन्छन : मलाई डर लाग्दै छ

काठमाडौं १९ जेठ । राष्ट्रपति डाक्टर रामबरण यादवले आफुलाई डरको महसुस भईरहेको बताउनु भएको छ । संविधानसभाको विघटन पछिको परिस्थितिले मुलुकमा अन्योलको अवस्था र्सिजना गरेको र मुलुकमा जातीय र धर्मका नाममा जनता बाँडिन थालेकोले आफुलाई डर लाग्न थालेको राष्ट्रपति यादवले बताउनु भएको छ ।
राष्ट्रपति कार्यालय शितल निवासमा मधेशका अगुवा नागरिक समाज, मानवअिधकारकर्मी, पत्रकार र कानून व्यवसायिहरुसँगको भेटघाटमा राष्ट्रपति यादवले मुलुकका चार शक्तिले आफनो अनुकुल जनतामा भ्रम फैलाएकोले भोलीका दिनमा देश दुर्घटनामा जान सक्ने औल्याउनु भएको छ । उहाँले दलहरु संविधान निर्माणभन्दा सत्तामा केन्द्रीत भएकोले संविधान बन्न नसकेको बताउनु भएको छ । यादबले संविधान घोषणा गर्ने आफनो ठुलो चाहना रहेको र यी दलहरुको कारणले संविधान घोषणा गर्न नसकेकोप्रति आफु चिन्तित रहेको बताउनु भएको छ ।
उहाले भन्नु भयो, “संविधान नबनेकोमा सबभन्दा बढि पीडित म छु, प्रक्रिया पुरानै नगरी संविधानसभा कसरी विघटन भयो ? मलाईनै थाहा छैन ।” राष्ट्रपतियादबले मैथली शब्दको उच्चारण गर्दै भन्नु भयो, “दलहरु हबर हबर मुलुकमा परिर्वतन ल्याउन खोजेकोले संविधान बन्न सकेन ।” उहाँले सभामुख सुभास चन्द्र नेम्बागंप्रति इकित गर्दै भन्नु भयो, “सभामुखको भुमिका कसरी समाप्त भयो उहाँले पनि थाहा पाउनु भएन ।”
राष्ट्रपति यादवसँगको विशेष भेटघाटमा तराई मावन अधिकार रक्षक संजालका अध्यक्ष दिपेन्द्र झा, इमधेश डटकमका सम्पादक बी.पी.साह, तराई लयर्स एशोसिएशनका अध्यक्ष सुनिल रंजन सिंह, मधेश क्रान्ति फोरमका केशव झा, मधेशी नागरिक समाजका गणेश मण्डल, विजय कर्ण लागयतको उपस्थिति रहेको थियो ।

भेटघाटमा मधेशीहरुले बुझाएको ध्यानाकर्षण पत्र

सम्माननिय राष्ट्रपतिज्यू,
राष्ट्रपति भवन, शीतल निवास
मिति : २०६९।२।१९
विषय : ध्याणाकर्षण गराइएको बारे ।
महोदय,
संविधानसभा विघटन भएको वर्तमान अवस्थामा उत्पन्न हुनसक्ने प्रतिकुल परिस्थितिहरुलाई ध्यानमा राख्दै नेपालको अन्तरिम संविधान अनुसारको संवैधानिक र पदीय मर्यादालाई अक्षुण राख्न महामहिमज्युलाई ध्यानाकर्षण गराउदछौ । नेपाल सरकार र अन्य संवैधानिक निकायहरुसंगको आवश्यक छलफल र परामर्शका आधारमा महामहिमज्युले संविधानको संरक्षणकारी भुमिका निर्वाह गर्नुहुनेछ भन्ने हामी आशा राख्दछौ । क्षेत्रिय, जातिय र समुदायगत रुपमा नेपाली जनताले विभिन्न समयमा जाहेर गरेका आशा र अभिलाषाहरुलाई संवोधन हुनेगरी संविधानसभाबाटै संविधान बन्नुको कुनै विकल्प नरहेको वर्तमान अवस्थामा कुनै दल वा समुह विशेष वाट बनेको संविधान वा संविधानसभालाई तिरस्कार गरी कुनै माध्यमबाट वन्ने संविधान ले जन अपेक्षा लाई संवोधान गर्न नसक्ने हुदा त्यो जनतालाई मान्य हुने छैन । यसकारण संविधान सभावाट नै संविधान वन्ने सुनिश्चितताको लागि महामहिमज्यु सजग रहनुहनेछ भन्ने विश्वास गरेका छौ ।

तपाइँको प्रतिक्रिया ।