एमाले केन्द्रीय समिति बैठक बस्ने

काठमाडौं, २१ जेठ । मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टी भित्रको आन्तरिक विवाद अन्त्यलगायतका विषयमा छलफल गर्न एमालेको केन्द्रीय समिति बैठक बस्ने भएको छ ।
पार्टी मुख्यालय बल्खुमा आज बस्ने बैठकमा संविधानसभा विघटन पछिको अवस्था र रणनीतिका बारेमा छलफल हुने एमालेले जनाएको छ ।
उपाध्यक्ष अशोक राई लगायतका प्रभावशाली जनजाति नेताहरुले पार्टी धमाधम छाड्ने चेतावनी दिनथालेपछिको अवस्थाका बारेमा छलफल गर्न बैठक बोलाईएको हो ।
बैठकमा राज्य पुनर्संरचनाका विषयमा एमालेको अधिकारीक धारणा बनाउने वा आयोग बनाएर जाने भन्ने बारेमा समेत छलफल हुने छ ।

 

तपाइँको प्रतिक्रिया ।