बुढानिलकण्ठका किसानको कौशीमा ६.५ केजीको काउली,के छ कृषकको अनुभव?

बुढानिलकण्ठका किसानको कौशीमा ६.५ केजीको काउली,के छ कृषकको अनुभव?

कपन अनलाइन

काठमाडौं , पुस २२।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का किसान शारदा भण्डारी र थानेश्वर  भण्डारीले कौशी खेतीको नमुना प्रस्तुत गर्दै ६.५ केजीको काउली फलाएका छन।

वडा नं १० बलुवाखानीको  ॐमशान्ति टोलमा बसोवास गर्दै आएका उनीहरुले कौशी खेतीका वारेमा आफ्नो अनुभव राखेका छन।

कसरी शुरु भयो त समूह वा कौसी खेती?
२०६९ साल माघ १० तीरको समय थियो घरको अन्तीम तलामा ढलान गर्दैगर्दा निकै ठूलो जस्तो  लाग्यो तर के के चिज कसरी राख्ने होलाभन्ने विचार गर्दा तरकारी बारीको परिकल्पना भयो त्यसै दिन बजारबाट ल्याएको तरकारी पनि कुहेको र कालिमाटी बजारमा अत्यधिक विषादी हालेको तरकारी बिक्रि भएको भन्ने समाचार आइरहेको थियो । म,थानेश्वर भण्डारी कृषि र पशु विज्ञान अध्ययन संस्थान लमजुङ क्याम्पसमा अध्यापन गराउँथे र घरमा प्राविधिक भएर पनि स्वास्थ्यलाइ असुरक्षित लाग्ने खालका तरकारीहरु नियमित खरिद गर्नपर्ने र आफ्नो ज्ञान सदुपयोग कसरी गर्न सकिन्छ भन्दै हामी गन्थन एबं विचार विमर्श भयो ।
कौसी खेती गरेका भैरब स्टोर एकताबस्तीको तरकारी हेरेपछि मैले छतमै एक ल्पाष्टिक टनेल बनाऔ, म प्रविधी सिकाउछु र मौसम अनुसारका तरकारी लगाऔ भनेर मैले श्रीमतिलाइ भने । तर शारदालाइ तरकारी उत्पादनको सीप थिएन र बचपनमा पनि तरकारी वा बाली लगाउने काम नगरेको कारण तत्कालै स्विकार नभएपनि बुझ्दै गएपछि असहयोग भएन ।  टनेल निर्माणका लागि यसको सिमेन्टेड संरचनाहरुजस्तै ढलानका लागिरड, सिमेन्ट, फलाम, ल्पाष्टिक, मिस्त्रीज्याला, माटो भर्ने आदि गर्दा त्यतिबेला एक लाख५० हजारखर्च गरियो ।
त्यसपछि  तरकारी रोप्ने काममा लागियो । बजारमा किनेको भन्दा घरको तरकारी अत्यधिक स्वादिलो भएका कारण खेती गर्न समय दिन थालियो,थोरै स्थानमा कसरी मलिलो बनाइ धेरै तरकारी फलाउन सकिन्छ भनी खेती कला सिक्दै गर्दै गरियो ।
हाम्रो टनेलको तरकारी राम्रो फलेको देखेपछि छिमेकीहरुले पनि साना ठूला संरचना बनाइ तरकारी खेती गर्न लाग्नु भयो ।वरिपरिका प्रायजसो हेर्न आउने, देख्ने सिक्ने स्थान जस्तो भयो र अरुले गरेको कामहरुबाट पनि सिकियो । बच्चाहरुका लागि पनि यो एक नमुना उत्पादन जस्तो स्थान जस्तो भयो । समय भएको बेला खनखोरस गर्न र सिचाइ गर्न सघाएका छन् ।
हिउदे तरकारीका रुपमाकाउली, ब्रोकाउली, रायो, पालुङ्गो, चम्सुर, केराउ, मूला, गाजर, लसुन, प्याज रोप्छौ भने गर्मी तथा बेमौसममासिमी, बोडी,गोल्भेडा, घिरौला, कांक्रो, करेला, फर्सी जस्ता लहरे बाली लगाउँछौ ।हाम्रो ल्पास्टिक घरको टनेल करीब २.५ आना क्षेत्रफल छ । टनेल बाहेक ग्रो व्याग, गमला र माछा कार्टुनमा कुरीलो, कागती, ड्रागन फल, मुन्तला तथा भुइकाफल रोपेका छौ ।
तरकारीका लागि मलको व्यवस्थापन,खनजोत, छापो, सिचाइ र रोग कीरा शत्रुको व्यवस्थापन महत्वपूर्ण हो ।  हामी उन्नत जातको बीउवा बेर्ना रोप्ने गर्छाै र लगाउने समयको ख्याल गर्छौ । मलको श्रोतकालागि घरमै तयार गरेको कम्पोष्ट मल, तोरीको पीना र घरमै पालेका कुखुराबाट पुरा गरिएको छ ।
नगरपालिकाले अनुदानमा उपलब्ध गराएको गड्यौला मल र नपुगेमा गोठेमल खरीद गरिएको  छ । कीरा तथा रोग व्यवस्थापनकालागि एकिकृत शत्रु जीव व्यवस्थापनका उपायहरु जस्तै घरमै झोल मलतयार गरी मल र विषादीका रुपमा प्रयोग गरिएको छ र प्राय जैविक विषादीहरु प्रयोग गरी कीरा र रोग व्यवस्थापन गरिन्छ तर कहिलेकांही लाहीफल कुहाउने औसा, र टुटा जस्ता कीराहरुलाइ कम हानीकारक विषादी पनि छर्ने गरिएको छ । छापोका लागिलहरे तरकारीका झाँङहरु मसिनो हुने गरी काटेर बोटको वरिपरि प्रयोग गरिन्छ । कौसी खेतीलाइ प्राङ्गगारिक बनाउने इच्छा हुँदाहुँदै पनि हामीले अपनाएका विधिहरुबाट केहीकीरा र रोगहरु जस्तै सेतोझिंगा , फलको औसा, लाही र सेते ढुसी  व्यवस्थान गर्न सकिएको छैन ।
हरेक समय बारी खालीनहुने र आफै टिप्ने गर्नाले कति फल्छ भन्ने रेकर्ड राखिएको छैन तर अनुमानमा९०० देखि १००० किलो वा रुपैयामा भन्दा रु ७०,००० बराबर वार्षिक रुपमा तरकारी फलाइएको छ । ताजा तरकारीको करीब ९०%खपतहामी घरकै गर्छौ ।वरिपरि छरछिमेकमा तरकारी बाडेर खाने, गुन्द्रुकबनाउने तथा मस्यौरा बनाइसिजनमा बढी भएको खपत भएको छ तर बेचिएको छैन । यो वर्षको पौष १५ गते हामीले जोखेको एक काउली मात्रपनि ६.५ किलोको भएको थियो अन्य ७० जति काउली तथा ब्रोकाउलीहरु पनि कम्तिमा २.५ किलोका थिए जसको बेर्ना खुमल्टार स्थित तरकारी विकास केन्द्रबाट खरिद गरिएको हो । करीब १० बर्षदेखि आजसम्महामीले नियमित तरकारी खेती लगाएका छौ ।
कौसी खेतीकृषि समूहको शुरुवात र समूहबाट भएका फाइदाहरु
कौसी खेतीलाइअभियानकै रुपमालैजाने योजनाअनुसार हालको ओम शान्ती टोलमा निबासी हामी समूहका २० परिवारका महिला सदस्यहरुको मिति २०७१ साल भाद्र १५ गतेबैठक बस्यो र कालिका बस्नेत (श्रेष्ठ) को अध्यक्षतामा सात सदस्यीय संचालक समिति बन्यो । समूहको विधान बनाइयो र तत्कालीन जिल्ला कृषि विकास कार्यालय काठमाडौ को सेवाकेन्द्र जोरपाटीमा कौसी खेती उत्पादनका लागि भविष्य निर्माण कृषि उत्पादक महिला समूहका नाममा दर्ता गरियो । समूह बनेपछि समिति सदस्यहरु कौसी खेती तरकारीका तालिममा सहभागि हुने र सेवा केन्द्रबाट पनि समूहगत तालिमहरु, बीउ, सामग्रीहरु अनुदानमा सहयोग भए ।
नेपाल सरकारको नयां संरचना भएपछि बुढानिलकण्ठ नगरपालिकामा २०७७ सालअसौज ५ उक्त समूह पुनदर्ता गरि समुहगत रुपमा कौसी खेतीलाइ निरन्तरता दिइएको  छ । हालका संचालक समितिमा कालिका बस्नेत, शान्ता पौडेल, तारा नेपाली, सविना बुढाथोकी , शारदा भण्डारी, यज्ञमाया खड्का, रमिता सिंह,इन्दिरा पोखरेल र लक्ष्मीआचार्य हुनुहुन्छ । समूहका सदस्यहरुले मासिक रुपमा रु ५०० बचत संकलन पनि समूह सदस्यहरु बीच ऋण परिचालन गरेका छौ ।
समूह भएका कारण, बुढानिलकण्ठ नगरपालिका अन्तरगतको कृषिशाखाले वर्षमा २ पटक मौसमी बीउहरु निसुल्क दिइरहेको छ भने वार्ड नं १० अन्तरगत पनि कौसि खेतीका लागिअनुदानहरु उपलब्ध भएका छन् ।कृषि शाखाबाट गड्यौला मल, कोकोपिट, गमला, जैविक विषादी, कम्पोष्ट बीन, स्प्रेयरहरु तथागमला राख्ने फलामका स्टाण्डहरु अनुदानमा उपलब्ध भएका कारण समूहजिवन्त राख्न र समूहमार्फत काम गर्न सजिलो भएको  छ । त्यस्तै वडा नं. १० को कार्यालय मार्फत पनि हरेक बर्ष समूहलाइ कौसि खेती तालिममा समाबेश गर्ने, बीउ, जैविक विषादी, कम्पोष्ट बीन तथा हाते पुस्तकहरु वितरण गरिएका छन् ।२०७९ सालअसौज ८ गते समूहको सातौ साधारण सभामा प्रमुखअतिथि गगन थापाको उपस्थितिमा समूहले सल्लाहकारहरुलाइ सम्मान गरेको थियो ।
समूहको गत असौजको बैठक अनुसार गत चैत्र देखि भाद्र सम्ममा कौसीमा लगाएको तरकारी ५२०० किलो रेकर्ड गरेको छ जसको थलो मूल्य रु २ लाख ६४ हजार अनुमान गरेको छ । यो प्रतक्ष फाइदा बाहेक समूह सदस्यहरु बीच बैठक संचालन, विचार तथा प्रविधि आदानप्रदान, विभिन्न जिल्लाबाट बसाइ सरेर आएका र स्थानीय बीच यस समूहले समन्वयकारी पूलको कामगर्दै आएको छ ।
कौसी खेती शहरिया कृषिको एक अभिन्न अंग भएकाले बुढानिलकण्ठ नगरलाइ हरियाली बनाउन, वातावरणमा भएको कार्वनडाइअक्साइडलाइ  प्रयोग गरी अक्सीजन प्रबाहको काम गरि स्थानीय शहरलाइ पुनर्ताजकी गर्न सघाउ पुर्याएको छ ।यी समूहका व्यक्तिहरुबाट हाम्रो कौसी र करेसाबारी क्रान्तीमा फेसबुक पेजहाम्रो कौसी र करेसाबारी क्रान्ति (Hamro Kausi raKaresabari Kranti) | Facebook) माफोटोहरु पोष्टहरु गर्ने र आफ्नासिपहरु प्रसार गर्ने र सिक्ने कामहरु नियमित भएका छन् ।
बुढानिलकण्ठ नगरपालिकामा हाम्रो समुहसंगै २४ समूहहरु मध्ये हामी एक सकृय समूहका रुपमा कार्य गरेका छौ र यस समूहलाइ एक व्यवस्थित सहकारीमा परिणत गर्ने भविष्यको योजना रहेको छ ।
कौसीमागोडमेल गर्दैको फोटो
कौसीले हामीलाइब्रोकाउलीकपउपहार दिदै गरेको तस्वीर
मलको श्रोतःभान्सा र कौसीको फोहोर
घरमातयारी कम्पोष्ट मलकम्पोट बीनबाट निकाल्दै , र त्यहाँ रहेका कीरा कुखुरालाइखुवाउँदै । कुखुराको मलपनि कौसी खेतीमायुरियाका रुपमाप्रयोग गरेको ।
गतभाद्रमा कौसीमाउत्पादनभएकालौका
गतश्रावणमा कौसीमाउत्पादनभएकाघिरौला
तलको लींकबाट
हाम्रो कौसी र करेसाबारी क्रान्ति ९ज्बmचय प्बगकष् चबप्बचभकबदबचष् प्चबलतष्० ्र ँबअभदययप
कालीकाबस्नेत (अध्यक्ष) को कौसी खेती
तपाइँको प्रतिक्रिया ।