ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं , पुस २२।

ग्लोरी बचत तथा ऋण सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ३ मा रहेको तपेस पार्टी प्यालेसमा भएको साधारण सभामा विभिन्न प्रतिवेदनहरु प्रस्तुत गरिएको थियो।

संस्थाका अध्यक्ष राजकाजी श्रेष्ठको अध्यक्षता र काठमाण्डौ क्षेत्र नं ५ मा प्रतिनिधि सभा सदस्य प्रदिप पौडेलको प्रमुख आतिथ्यतामा भएको साधारण सभामा अध्यक्ष राजकाजी श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष केशर ठकुरीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

संस्थाका सचिव बिनय केसीले संचालन गरेको कार्यक्रममा प्रवन्धक जनक थापाले स्वागत मन्तव्य राखेको साधारण सभामा प्रस्तुत गरिएको प्रतिवेदनका अनुसार संस्थाको शेयर पुजी ५ करोड ६६ लाख ७२ हजार ८ सय रहेको छ।

साधारण सभामा प्रस्तुत प्रतिवेदनका अनुसार २४ करोड १५ लाख ७७ हजार ८ सय ७ रुपैया निक्षेप र २५ करोड ९६ लाख २२ हजार ८ सय ९८ रुपैया कर्जा लगानी रहेको छ।

तपाइँको प्रतिक्रिया ।