अजिज फाउण्डेशन र एनआरएनए किर्गिज रिपलब्किलको सहयोगमा कैलाश बोधी स्कुललाई “न्यानो जुत्ता र कपडा” वितरण

अजिज फाउण्डेशन र एनआरएनए किर्गिज रिपलब्किलको सहयोगमा कैलाश बोधी स्कुललाई “न्यानो जुत्ता र कपडा” वितरण

कपन अनलाइन

काठमाण्डौ ,पुस १७।

नयाँ वर्षको आगमन सँगै अजिज फाउण्डेशनले गैरआवासीय नेपाली संघ एनआरएनए किर्गिज रिपलब्किलको सहयोगमा “असल कार्यको लागि अभियान“ को मूलधार भन्ने अभियान सँगै “जाडोमा न्यानो जुत्ता र कपडा” वितरण गरेको छ।

अजिज फाउण्डेशनकी संस्थापक अध्यक्ष सर्की ल्हमु शेर्पा द्वारा कैलाश बोधी स्कुल, जुम्लाका प्रध्यापक टासी लामालाई स्कुलका विद्यार्थीहरुलाई जाडोको न्यानो प्यान्ट २९५ थान,टाउजर ५५ थान र न्यानो जुत्ता ५० थान हस्तानतरण गरिएको थियो ।

उक्त कार्यक्रममा अजिज फाउण्डेशकी तर्फबाट अध्यक्ष सेर्की ल्हमु शेर्पा, कार्यकारी अध्यक्ष रोसन भण्डारी र नवाङ् दोर्जे शेर्पा तथा कैलाश बोधी स्कुलका तर्फबाट संस्थापक अध्यक्ष कर्मा छोजम लामा,प्रध्यापक (जुम्ला) टासी लामा र उप्रप्रध्यापक (काठमाण्डौ)बाट विमल अधिकारीहरुको उपस्थिती रहेको थियो।

उक्त कार्यक्रममा अजिज फाउण्डेशनकी अध्यक्ष सर्की ल्हमु शेर्पा र कैलाश बोधी स्कुलकी अध्यक्ष कर्मा छेजम लामाले एनआरएनए किर्गिज रिपलब्किका अध्यक्ष डा. किसन भण्डारी लगायत सम्पूर्ण टिमलाई उक्त सामानहरु सहयोग गरिदिनु भएकोमा धन्यवाद दिनुका  साथै आगामी दिनहरुमा पनि यसरी नै सहकार्य गरी कार्यक्रमहरु गर्नका लागि अध्यक्ष डा. किसन भण्डारीलाई सन्देश पठाएका थिए ।

तपाइँको प्रतिक्रिया ।