बुढानिलकण्ठका प्रभावशाली एमाले नेताहरुको वडामा चुनाव ,सुशीललाई ६४ निशाको ३५
कपन अनलाइन
काठमाण्डौ,पुस १६।
बुढानिलकण्ठ नगरपालिका वडा नं २ पुर्व रास्ट्रपति विद्यादेवी भण्डारी सहित नेकपा एमालेका प्रभावशाली प्रदेश तथा जिल्ला नेताहरुको बसोवास रहेको वडा हो।
नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य तथा पुर्व नगर प्रमुख उद्दव खरेल ,जिल्ला सचिवालय सदस्य तथा क्षेत्रीय संयोजक विदुरविक्रम खड्का , काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित प्रदेश सभा सदस्य जयराम थापा लगायतका नेताहरु रहेको वडा नं २ को अधिवेसनमा अध्यक्ष पदका लागि निर्वाचन भएको हो।
पुस १५ गते बिहान शुरु भएर राति अबेर सम्म चलेको अधिवेसनमा सुशील लामिछाने ६४ मत ल्याएर विजयी बनेका छन भने उनकी प्रतिद्वन्दी निशा बरालले ३५ मत प्राप्त गरेकी थिइन्।कुल ९९ मत खसेको निर्वाचनमा विजयी बनेका लामिछाने पुर्व उपाध्यक्ष हुन् भने बराल सचिव रहेकी थिइन्।
निर्वाचन मार्फत नेतृत्व चयन गरेको बुढानिलकण्ठ नगरपालिका वडा नं २ को उपाध्यक्षमा ओम विक्रम खड्का निर्वाचित भएका छन भने ११ सदस्यीय वडा नं २ कमिटीको सचिवमा मिलन श्रेष्ठ, उपसचिवमा जर्मिना अधिकारी र सुदर्शन लामा निर्वाचित भएका छन।
सो कमिटिको सदस्यहरुमा ज्योत्सना श्रेष्ठ,सिता दनुवार,प्रबिण खरेल ,दल बहादुर मगर ,मोहन थापा र कोपिला श्रेष्ठ निर्वाचित भएका छन ।