मुक्तकहरु : एस.विवश

मुक्तकहरु : एस.विवश

कपन अनलाइन

काठमाण्डौ,पुस १४।

मायामा नै हारे जितको बयान नगर भो
ज्यानै खायो पिरतीले प्रितको बयान नगर भो
सबै टाढा हुदा रैछन् दुःखै दुःखपर्दा खेरी
सुख हुँदानजिकआउने प्रितको बयान नगर भो

सबै कुरा गुमाई सके पाउने कुरा नगर भो
पलपलदुःखीभएखुशीको कुरा नगर भो
सबै टाढा हुदा रैछ दुःखको पल बाड्दा खेरी
खुशीलिननजिकआउने स्वार्थिको कुरा नगर भो ।

साथ मैले गुमाएको छु पाउने कुरा नगर भो
हाँस्न मैले भुलि सके हसाउने कुरा नगर भो
जीवन मेरा ओइलाइ सके रोइरोइ बाँच्दा खेरी
बीच बाटोमै छुट्दो रैछ अधुरो प्रितको कुरा नगर भो ।

प्रेममाधोकाहुदा रैछ मिलनको कुरा नगर भो
पे्रमको अर्थ आँशु रैछ चखेवाको कुरा नगर भो
प्रेमको मुल्यअमुल्य हुन्छ त्यागीजीवनजीउन सके
सधैँ सबै भोका हुन्छन् त्यागको कुरा नगर भो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।