गजल : कविता दाहाल
कपन अनलाइन
काठमाण्डौ,पुस १४।
ऊ मेरो नजिकैको मान्छे हो जसको हृदयमा हरि छैन
कसैको पीडामा ‘ओहो’ ! भने पनिमुखमा कठैवरि छैन ।
ऊ सज्जनहो वादुर्जन छुट्याउनै सक्तिन म
भन्छ भलाई गर्नेको राम्रो इतिहास दुनियाँभरि छैन ।
मलाई ऊमानिसले बनाएको रोबर्ट जस्तो लाग्छ
जस्को लवजमागल्तीमान्ने शब्द सरि छैन ।
ऊ समाजको उपजहो वा समयको बुझ्नगारो छ
खै ! किनहो कसैप्रतिउसको साहानुभूतिधरि छैन ।
ऊ सधैँ निष्फिक्र, बिन्दास भएर हिनि रहन्छ
आजसम्मउसले कर्तव्य बोधले भिरेको कुनै पगरि छैन ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।