भोक र परामर्श: रुद्र ज्ञवाली ( लघुकथा)
कपन अनलाइन
काठमाडौं, पुस ७ ।
काठमाडौं, पुस ७ ।
‘बिहानै उठेर चापाकल चलाउने क्रममा धुनिया घुप्लुक्क ढली । मरद पल्टुले उसलाई सरकारी अस्पतालमा पुर्यायो
इमरजेन्सीको डाक्टरले चिर्कटोमा केही लेख्यो र पल्टुलाई दियो ।
औषधी किन्न बाहिर निस्केको पल्टु आधा दिन बितेपछि बल्ल औषधी लिएर आयो । औषधी ल्याउन ढिला गरेकोमा पल्टुले डाक्टरको नराम्रो हुँकाई खायो ।
पल्लेदारी गरेर प्राण धानिरहेको पल्टुको व्यथा त्यो डाक्टरले के बुझोस् । पल्टुको गह भरियोे ।
भएको के थियो भने, औषधीको बिल अनुसार चाहिने पैसा पल्टुसँग थिएन र एकैछिनमा आउँछु भनेर ऊ पैसाको जुगाडमा निस्केको थियो ।
धुनियाँले दहेजमा ल्याएको बकरीले एकैबेतमा तीनबटा बच्चा जन्माउँथी । धुनियाँको छिमेकी लौटन बानियाँले बकरीमाथि आँखा गाडेको थियो । उसले कैयौंपटक बकरी किन्न मागेको थियो ।
‘मेरी माइ र यो बकरी उस्तैै हो । आफ्नो माई पनि कसैले बेच्छ ?’ धुनियाँले यसै भनेर फर्काउँथी । तर आज विवश पल्टुले धुनियाँलाई सोध्दै नसोधी बनियाँका हातमा बकरी बेचिदियो । धेरै बेरपछि धुनियााले आँखा खोली । । उनीहरूले धेरैबेर एक अर्कालाई हेराहेर गरे ।
बकरी बेचेकोे सुनी भनी धुनिया फेरी ढल्छे । यस्तो सम्झेर पल्टुको मुटु काँप्यो । आखिर कुनै उपाय पनि त थिएन । उसले आफ्नै काँतर मनलाई सम्झायो ।
‘ल रिपोर्ट सबै राम्रो छ । बिरामीलाई खासैै ठुलो समस्या छैन । नातागतीले हो । फलफूल, गेडागुडीको रस, अण्डा र माछामासु प्रशस्त खानु होला । पानी पनि प्रशस्त पिउनु होला । अब घर लैजादा हुन्छ । डाक्टरले डिस्चार्ज कागज लेख्दै भन्यो ।
फलफूल, अण्डा, माछामासु ? डाक्टरको परामर्श सुनेर भोको पल्टु फिस्स हाँस्यो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।