१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल : न्यु स्टार पोल सेमिफाइनलमा

१६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल : न्यु स्टार पोल सेमिफाइनलमा

 

काठमाडौं, मंसिर २७ गते ।

न्यु स्टार पोल १६ औं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

मूलपानीमा भएको क्वाटरफाइनलमा न्यु स्टारले एकलब्य शिक्षा सदनलाई टाइब्रेकरमा ४–३ गोलले पराजित ग¥यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएको थियो ।

स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) द्वारा आयोजित प्रतियोगितामा हाइली क्रिएटिभ र अक्षरिका पनि सेमिफाइनलमा स्थान सुरक्षित गर्न सफल भए ।

हाइलीले ब्रम्हकुञ्ज शिक्षा सदनलाई १–० को झीनो गोलअन्तरले हरायो । रिसुक स्थापितले निर्णायक गोल गरे । अक्षरिकाले प्रीतिमामाथि ५–१ को सहज जित दर्ता ग¥यो ।

सेमिफाइनलमा अक्षरिकाको भेट न्यु स्टारसंग हुनेछ भने हाइली क्रिएटिभले गेटवे एकेडेमी विरुद्ध खेल्ने छ । सेमिफाइनल शुक्रबार हुनेछ ।

तपाइँको प्रतिक्रिया ।