बुढानिलकण्ठ -११ का एक पुरुष जोरपाटीको सडक पेटीमा मृत भेटिए

बुढानिलकण्ठ -११ का एक पुरुष जोरपाटीको सडक पेटीमा मृत भेटिए

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर २७।

पछिल्लो  २४ घण्टामा देशका विभिन्न स्थानमा दुई  जना मृत अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका-५ जोरपाटीस्थित सडक पेटीमा बुढानीलकण्ठ नगरपालिका-११  कपन घर भएका ४५ वर्षीय राजु नेपाली बुधबार मृत अवस्थामा फेला परेका हुन्।

त्यस्तै बर्दियाको ठाकुरबाबा नगरपालिका-५ खोनपुर बस्ने ६० वर्षीया रुन्ची थारु सोही ठाउँस्थित खेतमा पानी सिचाई गर्ने कुलोमा बुधबार मृत अवस्थामा फेला परेकी छन् ।

तपाइँको प्रतिक्रिया ।