कास्कीमा पहिरोले सातजनाको मृत्यु, करिब २५ घर बगाए

पोखरा, १४ साउन । गएरातिको भीषण वर्षासँगै आएको पहिरोले घर पुरेर कास्कीको भदौरे तमागी र लुम्ले गाविसमा गरी सातजनाको मृत्यु भएको छ ।

भदौरे तमागी–५ डुँडाखेतमा पहिरोले घर पुरेर दुई पुरुष र दुई महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । उक्त घटनामा करिब २५ जना घाइते भएका छन् । पहिरोले १२ घर पुरेको छ । यसैगरी हर्पन खोलाको पुल पनि बगाएको छ । उद्धार टोली त्यहाँ जान सकेको छैन ।

यस्तै लुम्ले–५ घुम्तीमा पहिरोले घर पुर्दा दुई पुरुष र एक महिलाको मृत्यु भएको छ । सो ठाउँमा पनि पहिरोले करिब २० घर पुरेको छ । पोखरा–बागलुङ राजमार्गमा क्षति पु¥याएकाले उद्धार टोलीले पहिरो पन्छाउँदै घटनास्थलमा पुग्ने प्रयास गरिरहेको छ ।

तपाइँको प्रतिक्रिया ।