नयाँ शक्ति केहो र केका लागि ?

नयाँ शक्ति केहो र केका लागि ?

कमलराज श्रेष्ठ

नयाँशक्ती नेपाल कसले, केका लागि र किन जन्मायो?हिजोआज सामाजिक संजालहरुमा आधा दर्जनभन्दा बढी बिबिध नाममा नयाँशक्तिको चर्चा पाइन्छ।हरेकको अ-आफ्नो स्वार्थ अभिष्ट होलान तापनी विशेष गरि शान्ती,निकास र विकासको लागि नयाँशक्ती मुल नारा भएको नयाँशक्ती नेपाल सामाजिक संजालमा स्थापित भएको हामी सबैलाई बिदितै छ।

Fb Nayaa

यद्यपि आम सामाजिक प्रयोगकर्ताहरुले यदाकदा यो कसले, केका लागि र किन जस्ता प्रश्नहरु उठेको महसुस गरेकाछौ। नयाँशक्ती नेपाल कसले जन्मायो? हरेक नागरिकले स्वदेशमा नै आफ्नो परिवारकासाथ खुशी,सुखी र सम्पन्नताको जीवन निर्वाह गर्ने चाहनाकासाथ उचित अवसर खोजेका हुन्छ।तर दुर्भाग्य हामी नेपालिहरु खुशी, सुखी र सम्पन्नताको बिबिध अवसरहरुको स्वदेसमा नै पर्याप्त सम्भावना हुदाहुदै पनि राज्यको नीति निर्माता एवं सरकारी उदासिनताको कारण सम्भाव्य अवसरहरुबाट बन्चित हुँदै बाद्य भै पराईभुमिमा जीवन निर्वाहको लागि रोजगार गर्न बाद्य छौ। हो यस्तै पराईभुमिमा आफ्नो अमूल्य जवानिको पसिना बगाउनु पर्दाको पीडा बोध भई भविष्यमा हाम्रा सन्ततिहरुले यस्तो दुर्भाग्य व्यहोर्न नपरोस भनी देशमा शान्ती,निकास र विकासको लागि पचासौ लाख पराईभुमिमा पसिना बगाउने गरिखाने देशभक्त युवाहारुले स्वदेशका देशभक्त युवाहरुकासाथ प्रतिनिधित्व गर्दै संगठितरुपमा नयाँशक्ती नेपाल जन्माएको हो।

नयाँशक्ती केका लागि जन्मियो?

२००७सालदेखी हालसम्म समयको बिबिध कालखण्डमा विभिन्न वाद,सिद्धान्तहरु प्रयोग गरिसकेकाछौ।जुन वाद,सिद्धान्तहरु स्वयंमा खराब थिएनन तापनी व्यक्ती, नेतृत्वहरुका चरित्र एवं प्रबृतिका कारण प्राय: सबै अनुपयुक्त भैसकेका छन।देशमा संसारको उत्तम व्यवस्था लोकतन्त्र स्थापित भैसक्दा पनि नेपाली जनताले नागरिक राज्यको नागरिक हौ भन्ने अनुभूति गर्न सकेकोछैन।तसर्थ देशमा शान्ती,निकास र विकास दिई नागरिक राज्य स्थापनार्थ निम्न कुराहरु स्थापित गर्न नयाँशक्ती नेपालको जन्म भएको हो।

१. नागरिक अधिकारको सुनिश्चित गर्न।

२. नागरिक न्यायलयको स्थापना गर्न।

३. नागरिक अनुसन्धान आयोगको स्थापना गर्न।

४. नागरिक सरकारको स्थापना गर्न।

५. नागरिक सहायता कोषको स्थापना गर्न।

६. नागरिक सुरक्षाबलको स्थापना गर्न।

७. नागरिक विकास प्राधिकरणको स्थापना गर्न।

नयाँशक्ती किन?

आज देसमा शान्ती, निकास र बिकासको अभावमा पचासौ लाख उर्जाशिल युवाशक्ती बिदेसिको गुलामी गर्न पराईभुमिमा बस्न बाद्य छन (जो स्वयं एकयुवाले सयौं युवाहरुलाई रोजगार दिन सक्ने क्षमता पनि राख्न सक्थे)।तर स्वदेसको बाद्यात्मक स्थितिको कारण उसको श्रम, सीप, ज्ञान बिदेसी भुमिमा खेर फालिरहेकाछन। देश बिकासमा स्प्ष्ट भिजन दिएर बिकास गर्न सक्षम क्षमतावान जनशक्तिहरु राजनितिक छायाँमा परेर टुलुटुलु हेरिरहनुपर्ने बाद्यात्मक परिस्थिति छ।

आज देस नातावाद, कृपावाद र भ्रष्ट्रचारको कारण दन्डहिनताको चरमोत्कर्षमा पुगेकोछ। यदि नेपालका नीति निर्मताहरुले चाहे भने देसलाई सिंगापुर, स्वीजरल्याण्ड बनाउन कति पनि समय लाग्दैन,यहाँ खाँचो छ त केवल उचित नीति निर्माण सहितको इच्छाशक्ती र सक्षम जनशक्तिलाई उपयुक्त स्थान दिई अनुकुलित वातवरणको व्यवस्था तर्जुमा गर्नुपर्दछ। हो, यी यस्ता जनतासंग प्रत्यक्ष सरोकार राख्ने धेरै बिषयहरुलाई कार्यन्वयन गराउन दबाब शृजना गर्ने उद्देश्यले यो नयाँ शक्ति जन्माउन आव्हान गरिएको हो।

परिचय यो नयाँ शक्ति कुनै पार्टी, वाद , नेता या अतिवाद(जात, धर्म,प्रदेश)संग जोडिएर चलाइएको अभियान होइन। नितान्त देस बिदेसमा छरिएर बसेका रास्ट्रवादी युवाशक्ती एवं देस र जनताको पक्षमा उभिन चाहने आम देसप्रेमी जनताहरुलाई एउटै मन्चमा संगठित गरेर देसमा शान्ती,निकास र बिकास दिन दवाव शृजना गर्न र आवश्यक परे स्वयं यहि नया शक्तिले देसमा शान्ती,निकास र बिकास दिन तत्पर हुन चलाइएको अभियान हो। उद्देश्य यो देसमा बिगतदेखी हालसम्म जति पनि शक्तिहरु जन्म भयो, उनिहरु सबैले जनतालाई पहिले नै मखन बाँडे अन्तत जनता र देसले मोहि पनि पाएन।तर यो नया शक्तिले केवल दूध बाँड्न खोजिरहेकोछ, मखन आम नेपाली जनताले निकाल्नेछ अर्थात नयाशक्तिले बिदेसी भूमिमा फुलेको फलेको सापटी वाद वा दर्शनलाई बिश्वास गर्दैन, जुन यो देसमा अनुपयुक्त सिद्ध भैसकेकोछ।

तसर्थ नयाँ शक्तिले राष्ट्रवादी शक्तिहरुलाई एकै ठाउँमा उभिने मन्च बनाइरहेकोछ।यहि मन्चमा तमाम रास्ट्रवादी शक्तिहरु आवद्ध भै नयाँ शक्तिले बाँडेको दूध(बिषय)लाई जनताले नै मन्थन गरेर मखन निकाल्नेछ।त्यही मखन, यो देसको भौगोलिक,सामजिक,आर्थिक,शैक्षिक अवस्थालाई ध्यानमा राखी स्वदेसभूमिमा नै देस र जनतालाई उपयुक्त हुने प्रकारको सिद्धान्त(मखन) नेपालीवाद जन्माइनेछ।जनताले निर्णय गरेको वा चाहेको जुन्सुकै वाद वा तन्त्र होस नयाशक्ती सहर्ष स्वीकार्दछ।देशमा शान्ती, निकास र बिकासको लागि अल्पमतको संरक्षण हुने आधार तयार गर्दै बहुमतको निर्णयलाई नेपालको मौलिक मिश्रीत बहु प्रजातान्त्रीक नेपालीवाद स्वीकार्नेछ।

नेतृत्व

नयाँ शक्तिको जन्म विगतका राजनितिक शक्तिहरुको जन्म प्रकृया भन्दा बिलकुल फरक छ।यो शक्ति अभियानका सबै अभियन्ताहरु कुनै पनि राजनितिक पृष्ठभुमिबाट आएका होइनौ।हामी बिबिध ठाउँमा अ-आफ्नै पेशा गरेर बसेका राष्ट्रप्रेमी नेपाली जनता हौ। यद्यपि,यो देस १ नं को गरिब मुलुक बन्ने काउन्टडाउन उन्मुख भएर दौडिरहेको मुकदर्शक भएर हेर्न नसकी यो गतिलाई ब्रेक दिन भनी यो”नया शक्ति”को जन्म भएको हो।तसर्थ, मुलुकमा इमानदारी,रास्ट्रप्रेमी असल जननेता जन्माउने कोसिसमा यो नयाशक्ती लागिपरिरहेकोछ।

त्यो असल नेतृत्व हिमालको खोंच, पहाडको कन्दरा, तराईको फाँट या शहरको सम्पन्नता जहाँबाट पनि जन्मिनसक्छ।तसर्थ,त्यो जननेता, नेतृत्व हामी तमाम राष्ट्रप्रेमी जनता मध्य जो पनि हुनसक्छ।त्यसैले आउनुस, नयाँ शक्ति नेपालको मन्चमा जहाँ हामी जनताले मेरो नेता, मेरो सिद्धान्त,मेरो नेपालको नेता गर्वले भन्न सक्ने सिद्धान्त सहितको असल नेतृत्व जन्माउनेछ।

लेखक कमलराज श्रेष्ठ नयाँ शक्ति पार्टीका  नेपाल संयोजक हुन्  ।

 

तपाइँको प्रतिक्रिया ।