गजल : लीलाराज दाहाल
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर २३ ।
वेदनाको गीत यो गाएको हिजो
दुखले बेस्सरी सताएको हिजो ।
कसरी गर्छौ यो हल्लाको खण्डन
आफैंले हो चर्चा चलाएको हिजो ।
पुराना अनि ती रङ्ग खुइलेका
तस्वीर दिलमा सजाएको हिजो ।
बेकसूर भइगयौ, समयको ईन्साफ
निहत्थाको गला दबाएको हिजो ।
आज तिमी ठूला र सम्पन्न भाछौ
अभावको ताली बजाएको हिजो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।