गीत : जेबी खत्री

गीत : जेबी खत्री
कपन अनलाइन
काठमाण्डौ ,मङ्सिर १६।
विवशतामा गुज्रिएर बाँचेको यो जिन्दगी ।
आँखाभित्र आँसु लुकाइहाँसेको यो जिन्दगी ।।

जसोतसो जिन्दगी चलाउँनै पर्दोरैछ ।
जल्न थालेपछि मन जलाउँनै पर्दोरैछ ।
बाध्यताको भूमरिमा बाँचेको यो जिन्दगी ।
आँखा भित्र आँसु लुकाइ हाँसेको यो जिन्दगी ।।

दुःखै दुःख भएपनि जिउँनै पर्दोरैछ ।
भित्री मन रोएपनि बाहिर हाँस्नै पर्दोरैछ ।
हृदयमा चोट बोकी बाँचेको यो जिन्दगी ।
आँखाभित्र आँसु लुकाइहाँसेको यो जिन्दगी ।।

सहयात्रा : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।