बुढानिलकण्ठ-१३ मा आज निशुल्क आँखा सिविर तथा मोतिया बिन्दुको शल्यक्रिया हुने

बुढानिलकण्ठ-१३ मा आज निशुल्क आँखा सिविर तथा मोतिया बिन्दुको शल्यक्रिया  हुने

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १५ ।

दशौ नगर स्थापना दिवसको अवसरमा बुढानिलकण्ठ नगरपालिका वडा नं १३ मा मंसिर १५ गते ( आज) निशुल्क आँखा सिविर तथा मोतिया बिन्दुको शल्यक्रिया हुने भएको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ र हिल नेपाल नामक संस्थाको आयोजनामा हुने सो कार्यक्रम बिहान ९ बजे देखि २ बजे सम्म हुनेछ।कतार च्यारिटीको आर्थिक सहयोग र मात्रिका आइ सेन्टरको प्राविधिक सहयोगमा हुने सो सिविर वडा कार्यालयको प्रांगणमा हुने जानकारी दिदै  वडा नं १३ का अध्यक्ष टिका नारायण श्रेष्ठ (टिकेस ) ले सहभागिताका लागि सबै वडा वासीलाई अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।