बुढानिलकण्ठका सव–इन्जिनियर घुस सहित रंगेहात पक्राउ

बुढानिलकण्ठका सव–इन्जिनियर घुस सहित रंगेहात पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १५ ।

बुढानीलकण्ठ नगरपालिकामा कार्यरत सव–इन्जिनियर टिकाराज राईलाई घर निर्माण सम्पन्न भएको प्रमाणपत्र उपलब्ध गराए वापत सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालबाट खटिई गएको टोलीले निज सव–इन्जिनियर टिकाराज राईलाई सेवाग्राहीबाट ८० हजार रुपियाँ घुस रकम लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरिएको हो । आयोगका प्रवक्ता भोला दाहालका अनुसार राईलाई बुढानीलकण्ठ नगरपालिका वडा नं. ७ बाट आज नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।