ठुलो परिमाणमा अवैध लागुऔषध सहित बानेश्वरबाट एक महिला पक्राउ

ठुलो परिमाणमा अवैध लागुऔषध सहित बानेश्वरबाट एक महिला पक्राउ

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १५ ।

प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीको टोलिले काठमाण्डौ महानगरपलिका वडा न.३१ सुकुम्वासी टोलबाट लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्ला धरान उपमहानगरपालिका वडा नं. १३ घर भई हाल काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा न.३१ बस्ने बर्ष ३५ की निता शेर्पा रहेकी काठमाडौं जिल्ला प्रहरी परिसरका एसपी कुमुद ढुंगेलले जानकारी दिएका छन।

एसपी ढुंगेलका अनुसार काठमाण्डौ महानगरपलिका वडा न.३१ सुकुम्वासी स्थित भाईकृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने निता शेर्पाले आफू बस्ने कोठामा लागु औषध खरिद बिक्रि तथा ओसार पसार गर्ने गरेको विशेष सुचनाको आधारमा प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। निताले साथमा बोकेको कालो झोला भित्र प्रहरीले चेकजाँच गर्दा लागु औषध DIAZEPAM 2ml लेखिएको १०५ एम्पुल,PHENERGAN 2ml१०५ एम्पुल,NOOPHIN 2ml १०५ एम्पुल गरी जम्मा ३१५ एम्पुल,लागु औषध एम्पुललाई बाध्न प्रयोग गरिने रवर १८० थान बरामद गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।