साहित्यकार घटराज भट्टराईको सम्झनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

साहित्यकार घटराज भट्टराईको सम्झनामा कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न

घटराज भट्टराई स्मारक कोषको आयोजनामा कविता लेखन एबम वाचन तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न भएको छ। घटराज मेमोरियल स्कुल बुढानिलकण्ठ -१२ मा भएको सो कार्यक्रममा कविता लेखन तथा पुरस्कार वितरण गरिएको थियो ।

घटराज भट्टराई स्मारक कोषका संरक्षक तथा अध्यक्ष प्रभा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाकि उप प्रमुख अनिता लामा रहेकी थिइन ।

त्यस्तै एस इ इ परिक्षामा उत्कृष्ट नम्बर प्राप्त गरेका विध्यार्थिहरुलाइ सम्मान समेत गरिएको सो कार्यक्रममा साहित्यकार प्रयागराज भट्टराई , वडा नं १० का अध्यक्ष नवराज भट्टराई , वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराई,घटराज मेमोरियल स्कुलका प्रिन्सिपल डा. राजेश राज भट्टराई  सहित विभिन्न विध्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थिति  रहेको थियो।

चार्ल्स डार्विन स्कुलकी सफलता खड्का प्रथम ,एजेज ग्रेडेड स्कुलकी अन्जना राई दितीय,पिकपोइन्ट एजुकेसन नेटवर्ककी दिया घिमिरे तृतीय र गौरीशंकर इंगलिस स्कुलकी रोजिना खत्रीले सान्त्वना पुरस्कार प्राप्त गरेको कविता लेखन तथा वाचन प्रतियोगिताका विजयीहरुलाई प्रमाण पत्र सहित पुरस्कार प्रदान गरिएको थियो।

साधना दाहालले स्वागत मन्तव्य र बिमला घिमिरेले संचालन गरेको कार्यक्रममा एस इ इ परिक्षामा बुढानिलकण्ठ नगरपालिकाका ४ जिपिए प्राप्त गर्ने विद्यार्थीहरुलाई नगद ५ हजार सहित सम्मानित गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।