पूर्नबास न.पा ८ का सबै निर्बाचित प्रतिनिधि नेपाल परिवार दलमा

पूर्नबास न.पा ८ का सबै निर्बाचित प्रतिनिधि नेपाल परिवार दलमा

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर १० ।

स्थानिय निकार्यको निर्बाचनमा कञ्चनपुर जिल्लाको पूर्नबास नगरपालिकामा बडा न.८ का सबै जनप्रतिनिधीहरु नेपाल परिवार दलमा प्रबेस गरेका छन् । नेपाल परिवार दलका अध्यक्ष एवम् संघिय सांसद एकनाथ ढकालले उनीहरुलाई दलको सदस्यता प्रदान गर्दै वडाको विकास निर्माण र स्थानीय जनताको पिर मर्कामा सेवा गर्न जनप्रतिनिधिहरुलाई आग्रह गरे । परिवार दलमा प्रवेश गर्नेमा वडा अध्यक्ष श्रवण राना  र वडा सदस्यहरु दिपेश मल्ल दुलेराम राना, देवी कार्की , लक्ष्मी  सुनार  छन् ।

त्यसै गरि गत प्रतिनिधि सभामा कंचनपुर –३ वाट स्वतन्त्र उम्मेदवार रहेका पुराना कांग्रेश सदस्य मदन नेपाली लगाएत साथै विभिन्न राजनैतिक दल परित्याग गरि २०० जना भन्दा बढीले नेपाल परिवार दलमा प्रवेश गरेका छन् । सबैलाई अध्यक्ष ढकालले सदस्यता तथा टिका लगाएर पार्टी प्रवेश गराए । नेता ढकालले परिवार दल उत्तेजना र आवेगको माध्यमवाट नभई संयमता र बिबेकको माध्यम वाट अघि बढ्ने राष्ट्रबादी तथा बिकास बादी पार्टी भएकोले उच्च अनुशाशनमा रही राजनैतिक तथा सामाजिक क्रियाकलाप आग्रह गरे । कार्यक्रमममा परिवार दल सुदुरपश्चिम प्रदेश संयोजक खडक सिंह नगरी,  केन्द्रीय सदस्यहरु बिष्णु कुमारी बिक, धर्म बहादुर  रोकाया, कंचनपुर जिल्ला अध्यक्ष प्रेम परियार, कैलाली अध्यक्ष बिशाल चौधरी, बैतडी अध्यक्ष सुदर्शन भट्ट,डोटी अध्यक्ष नरेश नागरि, महिला नेत्रीहरु सीता पाठक, इन्दिरा राना, पिस फोर्सका अजय जैरु लगाएतको सहभागिता रहेको थियो । अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको परिवार दलले २०७४ सालको निर्बाचन देखि ने.क.पा एमालेसँग चूनाबी तालमेल गर्दै आएको छ ।
यसबीच परिवार दलले कन्चनपुरमै आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद एकनाथ ढकालले वर्तमान गठबन्धन सरकारको असफलताको कारण मुलुकमा अराजकता बढेको बताएका छन् । नेता ढकालले संविधानको मूल मर्म अनुरुप देश अघि बढ्न नसकेको प्रति चिन्ता ब्यक्त गर्दै वर्तमान सरकारले आफ्नो औचित्य स्पष्ट पार्न नसकेको बताए । नेता ढकालले सिमा अतिक्रमण तथा राष्ट्रियता माथिको ठाडो हस्तक्षेपमा सरकार मुकदर्शक रहेको बताए । देश भित्रै रोजगारी सृजना गरेर युबाहरुलाई प्रोत्साहित गर्नु पर्नेमा सरकारकै गलत रबैयाको कारण युबाहरु विदेशिने संख्या बढ्दै गएको उल्लेख गरे ।

नेता ढकालले अन्तराष्ट्रिय मंच हरुमा  नेपालको उपस्थिति  अत्यन्त  कमजोर रहेको तर सरकारले देशको प्रतिष्ठा बढाऊन कुनै पहलकदमी नलिएको प्रति चिन्ता ब्यक्त गरे । ढकालले देशमा नैतिकताको खडेरी परेको बताउदै असल आचरण र दुरदृस्टी भएका नेताहरुको पहिचान गर्न आवहान गरे । ढकालले अब संसद र सडक दुवै ठाउबाट सरकारलाई थप सचेत बनाउने र नसचिए विकल्पको खोजि गर्नु बेला भएको बताए ।  जनताको जीवन स्तरमा सुधार ल्याउन नसक्ने सरकारलाइ एक मिनेटपनि सत्तामा बस्ने नैतिक अधिकार हुदैन भन्दै अब पूर्व मेची देखि पश्चिम महाकाली र उत्तर हिमाल देखि दक्षिण मधेश सम्मका जनता एकजुट भएर देश निर्माणमा जुट्नु बेला भएको बताए ।

नेता ढकालले सामाजिक सद्भाव बिथोल्ने , नेपाली बीच फाटो ल्याउने तथा झुटो आश्वासन दिएर अराजकताको सृजना गर्ने तत्वहरुलाइ देश ब्यापी रुपमा बहिस्कार गर्नु पर्ने बताए । ढकालले नेपालको आर्थिक बिकासको लागि कृषिमा आधुनिकीकरण र  पर्यटनको बिकासको गुरु योजना आबस्यक रहेको समेत बताए । ढकालले नेपाललाई आर्गानिक स्टेटको रुपमा विकास गरि सिंगो देशलाई एक सुन्दर प्राकृतिक म्युजियम र रिसोर्टको रुपमा विकास गर्न बृहतर राजनैतिक सहमति आबस्यक रहेको बताए । संबिधान सभामा दुइ सभासद रहेको नेपाल  परिवार दल संबिधान जारि संगै नेकापा एमाले संगको सहकार्यमा छ र एमालेकै समर्थनमा दलका अध्यक्ष ढकाल बर्तमान संघिय संसद्को सदस्य छन् । ढकाल अन्तराष्ट्रिय सम्बध तथा पर्यटन समितिको सदस्य हुन् ।

तपाइँको प्रतिक्रिया ।