LEADS Nepal को विद्यार्थी सचेतना कार्यक्रम सम्पन्न

Leaders for Education and Development Society, Nepal (LEADS) Nepal को आयोजनामा एस ई ई २०८० मा सहभागी हुने विद्यार्थीहरुको सचेतना कार्यक्रम सम्पन्न भएको छ।
 एस ई ई २०८० मा सहभागी हुने विद्यार्थीहरुको सचेतना कार्यक्रम बुढानिलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीको प्रमुख आथित्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्दै नगर प्रमुख अधिकारीले नगरपालिकाका  सबै विद्यार्थीहरुलाई सचेतनामुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउदै  गुणस्तरीय  शिक्षा प्रदान गर्ने कार्यमा सहयोग गर्ने प्रतिबदधता जनाएका थिए।
उक्त कार्यक्रममा Leads Nepal का उपाध्यक्ष गणेश मिश्रले स्वागत गर्दै विद्यार्थीहरुको चौतर्फी विकासका लागि कार्यक्रम फलदायी हुने कुरा राख्दै कार्यक्रममा सहभागी सबैलाई स्वागत गरेका थिए  भने संस्थाका सचिव  रूपक (जी.वि.) लामिछानेले कार्यक्रम  सञ्चालन गरेका थिए। LEADS, Nepal को सदस्य विद्यालय National United School काे सभाहलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष  विष्णु चन्द्र अधिकारीलेगरेका थिए  ।
कार्यक्रममा उनले  संस्थास्थापना,उदेश्य तथा विविध विषयहरुमा प्रकाश पार्दै आगामी दिनहरूमा सरोकारवाला संस्थाहरूमा समन्यवय  गर्दै समग्र रूपमा शिक्षा क्षेत्रलाई २१ शौं शताब्दीमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्ने कुरा राखेका थिए।
परशुराम एस निरौला प्रशिक्षक रहेको करिव १०० जना विद्यार्थी सहभागी रहेको सो  सचेतना मुलक कार्यक्रममा फेरिल्याण्ड इन्टरनेशनल स्कूल,त्रिज्योती स्कूल, जुगल नबगुरुकुल स्कुल, सेन्ट जेभियर स्कूल, नवज्ञानभूमि स्कूल , सेन्ट जोसेफ स्कूल, स्कलर्स होम स्कूल, हिमालय इंग्लिश स्कूल, मञ्जरी स्कूल, नेशनल युनाइटेड स्कूल, प्रशान्ति एकेडेमी लगायतका विद्यालयहरु सहभागी रहेका थिए  ।
तपाइँको प्रतिक्रिया ।