लियो जिल्ला परिषद जे नेपालको दोश्रो बोर्ड बैठक सम्पन्न

लियो जिल्ला परिषद जे नेपालको दोश्रो बोर्ड बैठक सम्पन्न

लियो जिल्ला परिषद ३२५ जे नेपालको आयोजना तथा लियो कलब अफ काठमाडौं फेमिलीको व्यवस्थापनमा लियो जिल्ला परिषद ३२५ जे नेपालको दओश्रो बोर्ड बैठक मिति मङ्सिर ९ गते शनिबार काठमाडौंको गोङ्गबुस्थित नबोधित कलेजमा सम्पन्न गरेको छ।

जिल्ला परिषद अध्यक्ष लियो विष्णुप्रसाद दाहालको सभापतित्वमा सम्पन्न उक्त बैठकमा जिल्ला परिषदको बिहिन्न पदमा रहेका पदाधिकारीहरु साथै सल्लाहकार समितिका सदस्य गरि जम्मा २४ जनाको उपस्थिति रहेको थियो।

उक्त बैठकले सचिवालय र कोषाध्यक्षको प्रतिबेदन पारित गर्नुको साथै लियो जिल्ला परिषदको आगामी कार्यदिशा तय गरेको लियो जिल्ला परिषद ३२५ जे नेपालका प्रवक्ता लियो सुदिप राज फुयालले जानकारी गराएका छन।

डिसेम्बर १ देखि ७ तारिक सम्म मनाइने लियो सम्प्ताहलाई परिषद अन्तर्गतका सबै क्षेत्रमा भव्यताका साथ मनाइने निर्णय गरिएको र आगामी परिषद बैठक पनि काठमाडौं नै आयोजना गरिने निर्णय भएको प्रवक्ता लियो सुदिप राज फुयालले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।