काठमाडौँका तीनजना विभिन्न ठाउँमा मृत फेला, गोकर्णेश्वर-८ का दुई जना

काठमाडौँका तीनजना विभिन्न ठाउँमा मृत फेला, गोकर्णेश्वर-८ का दुई जना

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ९।

बिहीबार एकैदिन काठमाडौँका तीनजना विभिन्न ठाउँमा मृत फेला परेका छन् ।

काठमाडौँ महानगरपालिका–१५ सानोभर्‍याङमा काभ्रे पाँचखल घर भएका २६ वर्षीय त्रिपाठी भनिने रविन अधिकारी मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–८ डेरा गरी बस्ने मकवानपुर गडी नगरपालिका–९ घर भएका ३८ वर्षीय प्रेमकुमार भुजेल र सोही नगरपालिका–८ माकलबारी डेरा गरी बस्ने सर्लाही ईश्वरपुर नगरपालिका–३ घर भएका २८ वर्षीय सङ्गम पोख्रेल आ–आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् ।

तपाइँको प्रतिक्रिया ।