समीक्षा : रमेशचन्द्र घिमिरे (लघुकथा)
कपन अनलाइनकाठमाण्डौ ,मङ्सिर ९।
एकाबिहानै लेखकले पाठकलाई फोन गरे, ‘मेरो कृतिको समीक्षा गरिदिनु प¥यो, हजुर !’
‘हजुरको किताब मेरो हातमा परेकै छैन, कसरी समीक्षा लेखूँ त नि !’ पाठकले जबाफ फर्कायो ।
‘म पठाइदिइहाल्छु नि, किन पीर मान्नुहुन्छ ?’ लेखकले पाठकलाई फकाए । पाठक केही खुसी भयो अनि भन्यो, ‘कुरियर गरेर पठाउने हो कि हुलाकबाट ?’
‘किन हुलाक र कुरियरबाट पठाउने ? म म्यासेन्जरबाटै पठाउँला नि ! हजुरले अल्लि मिलाएर थपथाप गरिदिनुभए हुन्छ ।’ लेखकको कुरा पाठकले राम्ररी बुझ्न पाउँदा–नपाउँदै लेखक पुनः बोले, ‘मैले हजुरको नाम पारेर आफैले समीक्षा लेखेर पठाएको छु । पत्रिकाको इमेल ठेगाना पनि त्यसमै छ। म्यासेज हेर्नू त, घन्टी बजिसक्यो होला !’
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।