बुढानिलकण्ठ-१२ निलोमाइक्रो पार्कबाट एक महिला पक्राउ,पसलमा सामान किन्न नक्कली नोट प्रयोग

बुढानिलकण्ठ-१२ निलोमाइक्रो पार्कबाट एक महिला पक्राउ,पसलमा सामान किन्न नक्कली नोट प्रयोग

कपन अनलाइन

काठमाण्डौ ,मङ्सिर ५।

बुढानीलकण्ठ नगरपालिका वडा नं.-१२ निलो माईक्रो पार्कबाट नक्कली नोटसहित एक महिलालाई कपन प्रहरीले नियन्त्रणमा लिएको छ।
वडा नं. १२ कपन निलोमाईक्रो पार्क नजिक पसलहरुमा सामान किन्न नक्कली नोट प्रयोग गर्ने तथा उक्त नक्कली नोट सटही समेत गर्ने गरेको भन्ने गोप्य सुचनाको आधारमा मंसिर ४ गते साँझ ७:०० बजेको समयमा प्रहरी प्रभाग कपनका प्रमुख प्रहरी निरीक्षक नवराज सापकोटाको कमान्डमा खटिएको प्रहरी टोलीले एक महिलालाई  फेला पारेको थियो।
सोमबार राति प्रहरीले बुढानिलकण्ठ नगरपालिका-१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका-४ की ४१ वर्षीया मैया कुमारी घिमिरेलाइ पक्राउ गरेको हो ।
निज महिलालाई नियन्त्रणमा लिएर  कानूनी रितपुर्वक शरीर खानतलासी गर्दा निजले लगाएको कलेजी रङको सुरुवालको बायाँ गोजीमा नेपाली रुपैयाँ एक हजार दरको नक्कली जस्तो देखीने नोट नं. झ८४ १५७६५१ लेखिएको  नोट थान- १३ (तेह्र)  र नं. झ१००५२५१९५ को नोट थान १ तथा Redmi कम्पनीको कालो रंङको मोवाईल थान १ फेला पारेकोले कानुन बमोजिम बरामद गरेको थियो।
निज महिलालाई थप सोधपुछ गर्दा उस्तै प्रकारको नोटहरु  निज बस्ने गरेको कोठामा समेत लुकाई छिपाई राखेको बताएकीले वडा नं. १२ कपन स्थित निजको डेरा कोठामा गई कानूनी रितपुर्वक खानतलासी गर्दा नेपाली रुपैयाँ एक हजार दरको नक्कली जस्तो देखीने नोट नं. झ८४ ८४१५७६५१ लेखिएको  नोट थान-७ समेत फेला परेको थियो।
तपाइँको प्रतिक्रिया ।