शंखरापुर –३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भए

शंखरापुर –३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भए

कपन अनलाइन
काठमाडौं, मंसिर ३ ।

शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जनालाई पक्राउ गरेको थियो ।

तपाइँको प्रतिक्रिया ।