हाइकुहरू : रामसागर अधिकारी
कपन अनलाइन
काठमाण्डौ ,कार्तिक २५।
कामको लागि
रोपाइँको बेलामा
काली न गोरी
बिहे नहुने
उमेर पूरा पा¥यो
बलात्कारीले
भूत–कटमा
उन्नतिशील यूवा
तीब्र विकास
बोट एउटै
बजार बेग्ला–बेग्लै
चेलीमाइती
लाएको पैंचो
एकैखेप असुल्छ
चिताको अग्नि
मलामी हैन
खानेपिउने मान्छे
जन्ती गइन्छ
थोत्रे उद्योग
आगोलाई खुवायो
ऋण मिनाहा
सासूको घिउ
ज्वाइँले नै खायो त
के को पञ्चेती ?
बतासे फुल
ओथर्नुको हैरानी
ओम शान्तिमा
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।